टीकाको ‘अनुभुतिका स्वरहरु’ लोकार्पण
Published: (Updated: )
by .काठमाडौ । गीतकार टीका भट्टराई नेपालको गीति संग्रह ‘अनुभुतिका स्वरहरु’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहका बीच गीति संग्रह लोकार्पण गरिएको हो ।
सामारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार एवम् साहित्यकार डाक्टर कृष्णहरि बराल,अतिथिहरुमा गायिका ज्ञानु राणा,गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, संघका पुर्व अध्यक्ष चुडामणी देवकोटा,कलाकार लय संग्रौला,किरण केसी,उत्तम केसी लगायतयले कृतिको लोकार्पण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि डा।कृष्णहरि बरालले पछिल्लो समय गीतहरु पाठ्यक्रमका रुपमा पाठकमाझ आउन थालेकोमा खुसी व्यक्त गरे । उनले समारोहमा गीति संग्रहको चर्चा गर्दै गीतले सबै थरि भावलाई समेटेको बताए । उनले पछिल्लो समय गीत पाठ्य हुन्छ कि हुँदैन भन्ने गीतकारहरुमा चर्चा हुन थालेको बताउँदै आफ्ना भनाईहरु राखेका थिए । उनले भने,‘पहिलो कुरा गीत पाठ्य हुन्छ कि हुदैन भन्ने कुरा उठ्यो । यसलाई जसरी पढ्न र सुन्न सकिन्छ ।’गीतकार नेपाललाई अझै गीतहरु लेख्न सुझाव दिए ।
कार्यक्रममा अतिथि वरिष्ठ फिल्म लेखक,निर्देशक तथा कलाकार लय संग्रौलाले गिति संग्रहको चर्चा गरेका थिए । उनले पछिल्लो समय गीतहरु संग्रहमा आउन थालेमा अत्यन्य खुसी भएको बताए ।उनले भने,‘हामीले टेलिभिजनमा कार्यक्रम देखायौ,खेल्यौ अब केहि वर्षपछि सबैले विर्षन्छन् तर, पुस्तक त सदावहार हो जुन कृति कहिलै मर्दैन। टीकाजीले गीति संग्रह बजारमा ल्याउनु भयो यो अन्त्यन्त राम्रो कुरा हो।’
वरिष्ठ हास्यकलाकार किरण केसी ९रातामकै०ले गीतकार नेपालको गीति संग्रहका गीतबाट आफु निकै प्रभावित बनेको बताए । समारोहमा मै केसीले गीतकार भट्टराईका ८ ओटा गीत आफुलाई प्राप्त भएको र केहि गीत रेकर्ड गर्ने बताए ।
गीतकार संघको आयोजनामा भएको समारोहमा कृतिको समीक्षा रामबाबु श्रेष्ठले गरेका थिए । उनले संग्रहमा संग्रहित गीतहरुले मान्छेका वास्तविक जीवनसँग मेला खाने,देश भक्ती रहेको बताए । श्रेष्ठले संग्रहमा रहेका सबै गीतको समीक्षा गर्दै नेपालको लेखन कलालाई अब्बल मान्नुपर्ने बताए ।
गीतकार संघका पुर्व अध्यक्ष चुडामणी देवकोटाले गीतकार नेपाललाई बधाई तथा शुभकामना दिदै गीति संग्रह भित्रका गीतको चर्चा गरे ।
उनले भने,‘गीत भनेको टेक्स आर्ट हो । गीत पढ्दा एकदमै मन पर्यो । देश भक्ती गीतले देशका सबै नागरिकलाई उचाल्छ । त्यहि गीतका भावहरु गीति संग्रहमा पढ्न पाउदा अत्यन्त खुसी भए।’
उनले गीत शब्द निकालेर मात्र नहुने तर, गीतलाई रेकर्डिङ गरेर स्रोतामाझ ल्याउन समेत सुझाव दिए ।
गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापाको सभापतित्वमा आयोजना भएको कार्यक्रममा गायिका ज्ञानु राणाले गीतका शब्दहरु निकै राम्रा रहेको बताईन। यता गीतकार संघका अध्यक्ष थापाले पनि गीतकार नेपालमा एउटा सशक्त गीतकारको रूपमा आफूले पाएको बताए । उनले गीतकार नेपालको गीति संग्रह गीतकार संघकै कार्यलयमा गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । गीति संग्रहमा स्वदेश तथा विदेशीएका सन्तानबीचको माया प्रेम समेत दर्शाएकोले गीति संग्रह उत्कृष्ट बनेको चर्चा गरे ।
टीका भट्टराई नेपाल कनकाई नगरपालिका (३ सुरुङ्गा झापाकि शक्तिशाली नारी स्रष्टा हुन्।उनको पहिलो कृति ुआमाको मायाु दोश्रो ुप्रीति पुष्पु र तेस्रो ञमनका रङहरुझ यस अघि नै बजारमा आइसकेका छन् भने
१३९ पृष्ठको यो अनुभूतिका स्वरहरू गीति संग्रहलाई अरनिको छापाखाना विराटनगरले छपाइ गरेको हो । कृतिमा १२५ गीत संग्रहित छन् । गीति समारोहमा श्रष्टा परिचय अच्युत घिमिरेले गरेका थिए । त्यस्तै गीति समारोहमा वरिष्ठ संगीतकार तथा गायक शिशिर योगी र विष्णु अधिकारी, संगीतकार राजु सिंह लगायत विशिष्ठ व्यक्तित्वको उपस्थिती रहेको थियो
लोकार्पण समारोहमा गीत, संगीत, साहित्य, कला क्षेत्रका व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।
Comments