Sajhamanch Archive

नेपाल सुपारी खेती विकासको अध्यक्षमा देवीप्रसाद सर्वसम्मत चयन

Published: (Updated: ) in अर्थतन्त्र by .

बाहुनडाँगी । नेपाल सुपारी खेती विकास संस्थाको अध्यक्षमा देवीप्रसाद खतिवडा तेस्रोपटक निर्वाचित भएका छन् ।

झापामा सुपारी खेतीको उद्गम भूमि बाहुनडाँगीको सामुदायिक भवनमा बिहीबार सम्पन्न संस्थाको सातौँ साधारणसभाले खतिवडालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समितिको महासचिवमा शेखरनाथ अधिकारी, सचिव ज्ञाननाथ पौडेल र कोषाध्यक्ष चन्द्रकला भण्डारीलाई सर्वसम्मत चयन गरेको छ भने सदस्यमा वर्तमान महासचिव नीलकण्ठ तिवारी, देवीप्रसाद भट्टराई, युवराज राई, कुन्दन भट्टराई, धर्मेन्द्र गुप्ता, कर्णबहादुर तामाङ, शम्भुप्रसाद पौडेल, ज्ञानु थापा, गंगादेवी कार्की, ज्ञानबहादुर थापा, विश्वनाथ ढकाल, राजेन्द्रकुमार राई, छविलाल शिवाकोटी, डिल्लीराम गौतम चयन भएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र ढुंगेलले जानकारी दिए  ।

आ. व. ०७४/०७५ मा संस्थाले ५ लाख ४५ हजार आम्दानी गरेको छ भने झण्डै दोब्बर ९ लाख ४६ हजार खर्च भएको छ । पछिल्लो समय विभिन्न कारणले सुपारी निर्यातमा समस्या उत्पन्न भएपछि संस्थाको आम्दानी पनि प्रभावित भएको बताइन्छ ।

संस्थाका अध्यक्ष खतिवडाकै अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन एक समारोहका बीच प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए ।

प्रमुख अतिथि आचार्यले झापाको उत्तरी क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत बनेको सुपारीको प्रवर्द्धन, विकास, प्रशोधन र गुणस्तरीय सुपारी निर्यातका लागि नगरपालिकाले सहयोग गर्ने बताए ।

संस्थाका नवनिर्वाचित अध्यक्ष खतिवडाले नेपाल सुपारी खेती विकास संस्था सुपारी किसानहरुकै हितका लागि जन्मिएको पहिलो संस्था भएकोले अबका दिनमा पनि संस्थाले सुपारी खेतीको प्रवर्द्धन र किसानको जीवनस्तर उकास्ने किसिमका कार्यक्रमहरु ल्याउने र कार्यान्वयन गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *