लुम्बिनी सरकारबाट बाहिरियो माओवादी
Published: (Updated: )
by .लुम्बिनी । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । नेकपा (एमाले) का मुख्यमन्त्री लिला गिरीको सरकारबाट माओवादी बाहिरिएको हो । माओवादीबाट मन्त्री बनेकाहरुले मुख्यमन्त्री गिरीलाई राजीनामा बुझाएका हुन् ।
माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री गिरीको सरकार ढल्ने अवस्थामा पुगेको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी तीन जना सहभागी थिए ।
Comments