Sajhamanch Archive

शिवसताक्षीमा पाँच दिवशीय मेलमिलाप सम्वन्धि तालिमको समापन

Published: in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका र वडाहरुका न्यायिक समितिलाई मेलमिलाप सम्बन्धी ५ दिवशीय तालिमको आज समापन गरिएको छ ।

शिवसताक्षी नगरका सबै वडाध्यक्षहरु सहित न्यायिक समितिका पदाधिकारीहरुको न्याय सम्पादनमा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ५ दिवशीय तालिमको आयोजना गरिएको तालिमको आज समापन गरिएको हो ।

समापनका क्रममा बोल्दै शिवसताक्षीन गरपालिकाकी उपप्रमुख नरमाया कार्कीले ५ दिवशीय तालिमकाले न्यायिक समितिका पदाधिकारीहरुलाई न्याय सम्पादनमा सहयोग पुग्ने बताइन् । उनले सबै वडाका न्यायिक समितिलाई न्याय सम्पादनका विषयमा लिएको ज्ञानलाई अक्षरस पालना गर्दै मेलमिलपको नीति अनुसार काम गर्न जोड दिए । उनले यो तालिमले जनप्रतिनिधि साथीहरुलाई धेरै नै टेवा पुगेको बताउँदै आगामी वर्षमा पनि न्याय सम्पादनमा क्षमता अभिबृद्धिका लागि यस्ता कार्याक्रम राखिने बताइन् ।

कार्यक्रममा सहभागीहरुले आफुले सिकेको अनुभवहरु राकेका थिए । सहभागीहरुका तर्फबाट श्रीमान् श्रीमतीको झगडाका कृतिम नाटक मञ्चन गरी न्यायिक समितिमा राखेर त्यसको छिनोफानो गरेका थिए । निकै रोचक ढंगले प्रस्तुत गरिएको झगडा न्यायिक समितिले आफुले सिकेको ज्ञानलाई प्रयोग गरी मिलापत्र गर्न लगाएर मिलाएको थियो ।

पाँच दिवशीय कार्यक्रमको सहजीकरण देवीकुमारी निरौला र विजय तिम्सिनाले गरेका थिए । कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले गरेका थिए । समापन कार्यक्रममको अध्यक्ष विराट प्राविधिक शिक्षा एवम परामशृ केन्द्रका अध्यक्ष राज कट्टेलले गरेका थिए भने कार्यक्रम शिवसताक्षी नगरपालिकाको समन्वयमा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *