सहकारीमा तरलताको प्रभाव पर्न नदिन मेनेजरहरु छलफलमा
Published:
by .शिवसताक्षी । शिवसताक्षी नगरस्तरीय सहकारी संस्था लि.को मेनेजर क्लबले महत्त्वपूर्ण निर्णय गर्दै कार्यक्रम सम्पन्न गरिएको छ।
मेनेजर क्लबका अध्यक्ष विनोद ढकालको अध्यक्ष अध्यक्षता एवम् शिवसताक्षी नगरपालिका भित्र रहेका २५ सहकारीका मेनेजरहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो।
सहकारीका कर्मचारीहरु संस्थाको महत्त्वपूर्ण जिम्मेवारी र सदस्यको नियमित सम्पर्कमा रहने भएकोले उत्कृष्ट कार्य सम्पादन गर्नको लागि क्षमता अभिवृद्धि तथा उत्प्रेरणा दिने तालिम आगामी बैशाख २ गते शनिबार दुधेमा गरिने क्लबका अध्यक्ष विनोद ढकालले बताए ।
पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम (तरलता) को अभाव हुन थाले पछि सहकारी क्षेत्रमा यसको प्रभाव कम गर्न शिवसताक्षी नगरपालिका भित्रका सहकारीका मेनेजर बिच तरलता व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यपत्रमा तरलता के हो ? तरलता अभावबाट बच्ने उपाय, तरलता अभावको समस्यालाई कसरी समाधान गर्न सकिन्छ यस विषयमा सहकारी सहकारी बिच मित्रवत सम्बन्ध कायम गरि समस्या समाधानमा सहकार्य गर्नुपर्ने निर्णय गरिएको छ।
अन्तरक्रिया कार्यक्रममा शिवसताक्षी नगरपालिकाको मातहतमा रहने गरि सहकारी संस्थाहरू बिच कर्जा सम्बन्धि आदानप्रदान गर्न सूचना केन्द्र स्थापना गर्ने क्लबले निर्णय गरेको छ।क्लबलाई अझ सक्रिय बनाउन उपाध्यक्षमा मनिषा दाहाल ,सह–सचिवमा सुजन कुमार राई र कोषाध्यक्षमा उमा रिजाललाई दुधेमा भएको यसै कार्यक्रमबाट जिम्मेवारी प्रदान गरि तदर्थ समितिलाई पूर्णता दिने निर्णय गरेको छ ।
Comments