Sajhamanch Archive

सरकारको कामको गम्भीर समीक्षा हुन्छ : अध्यक्ष प्रचण्ड

Published: in राजनीति by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामको गम्भीर समीक्षा गरिने जानकारी दिएका छन् । बुधबार काठमाडौंमा ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराई, पाथिभरा क्षेत्र विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारको गम्भीर ढंगबाट समीक्षा गरिने बताएका हुन् ।

उनले यसबीचमा सरकारले दूरगामी महत्त्वको काम गरेको र विकास निर्माणका मसिना विषयमा समेत ध्यान पुर्‍याउन नसकेको स्वीकार्दै जनताको गुनासो नेतृत्वसमक्ष पुगेको बताए । उनले सरकाले जनपक्षीय निर्णय लिने, जनउत्तरदायी काम गर्ने बताउँदै सरकारले केही गरेन भनेर निराश हुनुनपर्ने बताए ।

“सरकारले केही गरेन भनेर जनतामा निराशा छाएको हामीले पाएका छौँ,” उनले भने, “यथार्थ त्यस्तो होइन ।” भारतसँग सम्बन्ध सुधार, विराटनगरबाट भारतीय कार्यालय हटाउने, एयर रुट थप्ने, चीनसँग व्यापार नाका बिस्तार गर्ने लगायत काम सरकारको सफलता भएको बताउँदै उनले सरकार पाँच वर्ष टिक्ने गरी चल्ने बताए ।

त्यस्तै एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले काठमाडौं–७ बारेको टिप्पणी सुनेको र त्यसबारेमा पार्टी नेतृत्वले विचार पुर्‍याउने बताए । “काठमाडौं बारे विविध कुरा सुनिएका छन् । पार्टी हार्छ, के हुन्छ । यतिचाहिँ भन्छु– त्यहाँ ने क पाले सिट गुमाउने गरी चुनाव हुँदैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *