Sajhamanch Archive

आदिवासी जनजाति युवा महासंघ युएईको अधिवेशनले अध्यक्षमा पुनः मगर

Published: in परदेश (प्रवास), लोकप्रिय, समाज by .

दुबई । आदिवासी जनजाति युवा महासंघ युएईको दोश्रो अधिवेशन दिपक थापा मगरलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ । उनी दोश्रो पटक अध्यक्षमा चयन भएका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिजया लक्ष्मी राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तेज पुलामी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तीन वर्षे कार्यकालमा दुई लाख ५८ हजार ९ रुपैयाँ बराबरको विभिन्न ८ वटा शीर्षकमा आर्थिक सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

डिबी लुङ्गेली मगरको संयोजकत्वमा गठित ४ सदस्यीय निर्वाचन समितिले २०२३–२०२६ तीन वर्षे कार्यकालको लागि २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । जसमा कार्यकारी अध्यक्षमा गोपाल श्रेष्ठ, उपाध्यक्षहरुमा क्रमशः पाल्देन थिङ तामाङ, अजय राई, सिर्जना लावती चयन भएका छन् ।

यसैगरी महासचिवमा सबिन मोक्तान, सचिवमा मनिषा सुब्बा, प्रवक्तामा सन्दिप राना मगर, सहसचिवमा भक्त गुरुङ, कोषाध्यक्षमा आलिया श्रेष्ठ, सहकोषाध्यक्षमा मिलन लामा, जनसम्पर्क सचिवमा मकर मोक्तान, खेलकुद तथा सांस्कृतिक विभाग प्रमुखमा कुल थापा मगर, खेलकुद तथा सांस्कृतिक विभाग उपप्रमुखमा मनिस लोप्चन, महिला विभाग प्रमुखमा रन्जिता स्याङ्तान तामाङ, अनुशासन विभाग प्रमुखमा लक्ष्मण थापा मगर चयन भएको जनाइएको छ ।

समितिका सदस्यहरुमा पासाङ शेर्पा, विश्व मोक्तान, नारायण तमाङ, मिना श्रेष्ठ, बसन्ती तामाङ, उषा ब्लोन तमाङ, सिर्जना माझी, सन्तोष थलाङ चयन भएका छन् । यस्तै सल्लाहकार समितिको प्रमुख सल्लाहकारमा सुरेन्द्र गुर्मछान मगर रहेका छन् भने सल्लाहकारहरुमा राम मोक्तान, डिबी लुङ्गेली मगर, बिष्णु गुरुङ, तेज थापा मगर, फलेन्द्र मगर रहेका छन् ।

युएईको दुबईस्थित सिल्भर स्पुन नेपाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा आदिवासी जनजाति महासंघ युएईमा आवद्ध संघसंस्थाका प्रमुखहरू, नेपाली समाज युएईका पार्षदहरु लगायतको सहभागिता थियो । कार्यक्रमको प्रमुख अतिथि बिजया लक्ष्मी राईले आफ्नो मन्तव्य राख्ने क्रममा महिलाहरुले पनि अवसर पाए देश हाँक्न सक्ने बताउँदै महिला सहभागितामा जोड दिएकी थिइन् ।

मन्तव्यका क्रममा नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तानले अहिलेका युवा वर्गले शिक्षा क्षेत्रमा क्रान्ति गर्नुपर्नेमा जोड दिएका थिए । यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएईका अध्यक्ष फलेन्द्र मगरले हरेक देशको युवा वर्ग नै देशको मेरुदण्ड भएको र हरेक ठूला ठूला परिवर्तनहरु युवाहरू कै सक्रियतामा आएको जिकिर गर्दै युवाहरुले उचित अवसर पाउनु पर्ने बताए ।

अधिवेशन आयोजक समितिका संयोजक सन्दीप राना मगरले स्वागत मन्तव्य राख्ने क्रममा आदिवासी जनजातिहरुको पहिचान झल्काउने भेषभुषा, भाषा र लिपी लोप हुँदै गएकोमा दुःख व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *