Sajhamanch Archive

झापामा चलचित्र ‘द बेष्ट पर्सन’को विशेष शो

Published: in गीत/संगीत/मनोरञ्जन, शिक्षा, समाज, स्थानीय तह by .

झापा । तुलसी फिल्म्स प्रालि एण्ड बिबी पोडक्सन र पूर्वेली नाट्य समूह हल्दिबारीले निर्माण गरेको चलचित्र ‘द बेष्ट पर्सन’ प्रदर्शनमा आएको छ ।

बुधबार राजगढको एभरेष्ट डिजिटल सिनेमा हलमा उक्त फिल्मको दुईवटा विशेष शो गरिएको हो । दुईवटै शोमा दर्शकको उत्साहजनक सहभागिता थियो ।

आत्महत्या, लागुऔषध दुव्र्यसन, दाइजोप्रथा लगायतका विषयले ब्यक्तिलाई पुर्याउने नकारात्मक प्रभाव र यसबाट परिवार र समाजलाई पुर्याउने असरको कथालाई समेटेर चलचित्र निर्माण गरिएको निर्माता तुलसी मिश्रले जानकारी दिएका छन् ।

फिल्म हेरिसकेपछि सन्देशमुलक चलचित्र बनेको भन्दै अतिथि र दर्शकहरुले प्रशंसा गरेका छन् । सामाजमा हुने यथार्थ घटनाहरुलाई समेटेर चलचित्र निर्माण भएकाले एकपटक हेर्नैपर्ने चलचित्र बनेको झापा ३ (२) का प्रदेश सभा सदस्य छबि चुँडालले प्रतिक्रिया दिए ।

वियल राईले पहिलोपटक निर्देशन गरेको उक्त चलचित्रले सकारात्मक सन्देशसमेत दिने भएकाले समाजका हरेक ब्यक्तिहरुले हेर्नैपर्ने किसिमको छ । पहिलो चलचित्र निर्माणमै सकारात्मक सुझाव र सल्लाह पाएकाले उत्साहित भएको निर्देशक राईले बताएका छन् ।

चलचित्रमा गजेन्द्र खतिवडा, रतन मिता, राजु खरेल, विवेक मिश्र, सञ्जु न्यौपाने, पारश तामाङ, सपना विश्वकर्मा, धनराज महतो, गंगा प्रसाई लगायतको अभिनय रहेको छ ।

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मी मैनाली, वडा नम्बर १ र ४ का वडाध्यक्षहरु, राप्रपा हल्दिबारी गाउँ कमिटी अध्यक्ष एकराज रानामगर, नेपाली काँग्रेसका गाउँपालिका सभापति गगा प्रसाईं लगायतले चलचित्रको विशेष प्रदर्शनी हेरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *