Sajhamanch Archive

गैरबैंकिङ सम्पत्ति (जग्गा) बिक्री बारे १५ दिने सिलबन्दी बोलपत्र आह्वान

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रकाशित मितिः २०७९/१२/१९

यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को नाममा दर्ता कायम रहेका तपसिलमा उल्लिखित गैर बैंकिङ सम्पत्ति जे जस्तो अवस्था र परिमाणमा छन् सोही अवस्था र परिमाणमा गोप्य सिलबन्दी बोलपत्रबाट बिक्री गरिने भएकाले यो सूचना प्रकाशित गरिएको छ । तसर्थ उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरूले निम्न लिखित शर्त बन्देजहरूको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (उक्त दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दिन) गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुहुन आह्वान गरिन्छ ।

गैरबैंकिङ सम्पत्ति बिक्री सम्बन्धी अन्य शर्त तथा बन्देजहरुः

१. बोलपत्र सम्बन्धी शर्त बन्देजसहितका बोलपत्र फारम–१ थान, सम्बन्धित घर÷जग्गाको नक्साको प्रमाणित प्रतिलिपि–१ थान संस्थाको बचत तथा ऋण व्यवसायको प्रधान कार्यालय कर्जा असुली विभाग, मेचीनगर–१३, चारआली, झापाबाट रु. १००० शुल्क तिरी प्राप्त गर्न सकिनेछ ।
२. जग्गामा पुग्ने ठेगानाका लागि उल्लिखित GPS Coordinate गुगल वा अन्य सर्च इन्जिनमा टाइप गरी पत्ता लगाउन सकिनेछ ।
३. गैरबैंकिङ सम्पत्तिको विस्तृत जानकारीका लागि प्रधान कार्यालय कर्जा असुली विभागको सम्पर्क नं. ९८५२६८९५६१ मा सम्पर्क गर्र्न सकिनेछ ।
४. धितो सदर गर्नेले धितो हाल जे जस्तो अवस्थामा रहेको छ सोही अवस्थामा स्वीकार गर्नुपर्नेछ ।
५. बोलपत्रसँगै व्यक्तिको हकमा नागरिकताको प्रतिलिपि, फर्म र संघ संस्थाको हकमा दर्ता प्रमाण पत्र, कर चुक्ताको प्रमाण पत्र र निर्णयको आधिकारिक पत्र समावेश गर्नुपर्नेछ ।
६. बोलपत्र पेस गर्ने अन्तिम दिनको भोलिपल्ट दिनको १ बजे (उक्त दिन सार्वजनिक बिदा वा साप्ताहिक विदा परेमा कार्यालय खुलेको दिन सोही समयमा) यस संस्थाको बचत तथा ऋण व्यवसाय प्रधान कार्यालय, मेचीनगर १३, चारआली, झापामा बोलपत्र खोलिने जानकारी गराइनेछ ।
७. बोलपत्र सदर हुनेले कबोल गरेको रकमको १० प्रतिशत रकम ३ दिनभित्रमा धरौटीवापत जम्मा गरिसक्नु पर्नेछ । अन्यथा दोस्रो उच्चतम् अङ्क कबोल गर्नेलाई अवसर प्रदान गरिनेछ ।
८. बोलपत्र सदर हुने व्यक्ति वा संस्थालाई जग्गा नामसारीका लागि संस्थाले १५ दिनको म्याद राखी संस्थाको तर्फबाट पत्राचार गरिनेछ । उक्त अवधिमा जग्गा नामसारीका लागि उपस्थित हुन नसकेमा धरौटी रकम जफत गरी दोस्रो उच्चतम अङ्क कबोल गर्नेलाई अवसर प्रदान गरिनेछ ।
९. प्राप्त बोलपत्र स्वीकृत, अस्वीकृत वा स्थगन गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
१०. कबोल गरेको घर जग्गा सकार गरी लिनेले अचल सम्पत्तिको हक हस्तान्तरण, दाखिला खारेज गर्दा लाग्ने सम्पूर्ण शुल्क दस्तुर वापतको रकम स्वयम्ले व्यहोर्नु पर्नेछ ।
११. उल्लिखित सम्पत्ति लिइसकेपछि सोको सम्पूर्ण जवाफदेही स्वयम् खरिदकर्ताको हुनेछ । संस्थासँग पछि कुनै कैफियत देखाउन वा दाबी गर्ने पाइने छैन ।

– प्रधान कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *