Sajhamanch Archive

एक युवाको पहलमा सताक्षीधाम जाने सडकलाई सेल्फी रोड बनाइदै

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम जान सडकलाई सेल्फी रोड बनाउन सुरु गरिएको छ । सताक्षीधाम जाने बाटोको रमितेदेखि सताक्षीधामसम्मको सडकलाई ‘सेल्फी रोड’ बनाउन सडक छेउमा रहेको रुखहरुमा रंग लगाउन सुरु गरिएको छ ।

शिवसताक्षी ११ झिलझिले निवासी एक युवाको पहलमा उक्त सडकलाई सेल्फी रोडका लागि विकास गर्न काम सुरु गरिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सुन्दर बाटो र सेल्फी फोटो खिच्नका लागि उक्त बाटोमा अभियान सुरु गरिएको अभियान कर्ता डाइमन कार्की बताउँछन् ।

उक्त बाटोमा वरपर भएका सालका रुखहरुमा आज नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले रंगलगाएर अभिायनका उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले सरकारले गर्ने काम कुनै एक व्यक्तिको सोचलाई समुदायले साथ दिएर काम सुरु गरेकोमा अत्यन्त खुसी लागेको बताए । धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धन गर्नु तपाई हाम्रो दायित्व रहेकाले सबै एक जुट भएर लाग्नु पर्ने बताए ।

नगरपालिकाले सताक्षीधामका लागि गुरु योजना बनाएर काम यस अघिबाटै सुरु गरको नगर उपप्रमुख नरमाया कार्कीले जनकारी दिइन् । हामीले सताक्षीधामको विकासका लागि आवश्यक बजेट छुट्याउन सकिरहेका छैनौ। उनले भनिन् समुदायबाट यसरी साथ र सहयोग भएमा बर्षेनी बजेटको व्यवस्थापन गरेर यसलाई पूर्णरुपमा विकास गर्ने योजना गरेको बताइनु ।

सेल्फी रोडका लागि स्थानीय डाइमन कार्कीले सबैसँग एक लिटर रंगको माग गरेका थिए । उनको अभिायनलाई साथ दिन सबैले आ–आफ्नो तर्फबाट सहयोग गरेको उनले बताए ।

हालसम्म एक सय लिटर भन्दा बढी रंग कलेक्सन भएको छ । उनले भने, यसले रमिते डाँडादेखि केही तलसम्म पुग्ने छ । उनले रमिते डाँडाको आसपासमा पर्यटकहरुले विश्राम गर्ने चौतारा समेत निर्माण गर्ने बताए ।

पूर्वपश्चिम लोकमार्गको झिलझिले बजारदेखि करिब ५ किलोमिटर उत्तर चुरे पहाडको फेदीमा रहेको सताक्षीधाम सतासी खोलाको किनारमा अवस्थित छ । ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *