Sajhamanch Archive

नगरप्रमुख थोप्राले गरेको पहिलो निर्णय कार्यान्वयनमा, नगरपालिकामा आइपुग्यो दमकल

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा बारुण यन्त्र (दमकल) आज नगरपालिपकाको कार्यालयमा आइपुगेको छ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुखले आफु निर्वाचित भएपछि पदभार ग्रहणका क्रममा नगरबासीको जन धनको क्षतिलाई जोगाउनका लागि दमकल खरिदको पहिलो निर्णय गरेका थिए ।

नगर प्रमुखले गरेको निर्णय कार्यन्वयनमा आएको छ । भारतको दिल्लीमा दमकल निर्माण गरी आज नगरपालिकामा ल्याइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

आगलागीबाट शिवसताक्षीका नागरिकले पटक पटक ज्यान गुमाउनु परेकाले आफु निर्वाचित भए पश्चात पहिलो निर्णय नै दमकल खरिदको गरेको र आज नगरपालिकामा आइपुगेको नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए । दमकल ल्याउन प्रकृयागत केही ढिला भएको थियो । उनले भने, हालसम्म दमकलका लागि ६० लाख खर्च भएको छ। अब यसको व्यवस्थापनमा केही खर्च हुने देखिएको छ ।

हामीले मितव्ययी तरिकाले यसलाई व्यवस्थापन गर्ने छौं । यहाँका नगर प्रहरी र सवारी चालकहरुलाई तालिम दिई दमकलका लागि काम
गर्ने जनशक्ति उत्पादन गरी छिटै नागरिकका सेवाका लागि काम गर्ने नगरप्रमुख थोप्राको भनाई छ ।

दमकलको एक पटकमा ४५ सय लिटर पानी भरेर आगो निभाउन सक्ने क्षमता रहेको छ । शिवसताक्षी नगरपालिकाले सबै प्रकृया पुरा गरी अडर गरेपछि तीन महिना दमकल निर्माण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिए । उनले दमकल निर्माण कम्पनीले १ वर्ष सम्म यसको मर्मत सम्भारको जिम्मा लिने बताए ।

दमकलले २४ घण्टा सेवा दिनसक्ने गरी प्राविधिकहरु व्यवस्थान गर्ने र अब नागरिकलेहरुले आगलागी भएको सूचना दिने वित्तिकै सेवा प्रवाह गर्ने नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । शिवसताक्षीमा धेरै नागरिकले यस अघि आगलागीबाट ज्यान गुमाउनु परेको सम्झँदै उनले अबका दिनमा दमक अभावकै कारणले कही सकैले पनि ज्यान गुमाउनु नपर्ने बताइन् ।

नगरपालिकाले आज नै दमकलको परिक्षण गरेको छ । निर्माण कम्पनीले दमकलको परिक्षण गरी आज नगरपालिकालाई जिम्मा लगाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *