Sajhamanch Archive

अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९को अडिसन सुरु

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

अर्जुनधारा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन सुरु भएको छ । प्रतियोगिताको अडिसन आज बुधबारबाट सुरु भएको हो । पहिलो चरणमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि अडिसन सम्पन्न भएको हो ।

खुदुनाबारी बजारस्थित जनता माध्यमिक बिद्यालयको सभाहलमा भएको पहिलो चरणको अडिसनबाट २६ जना प्रतियोगी दोस्रो चरणका लागि छनोट भएका छन् । आज भएको अडिसनबाट गायन तर्फ १० जना र नृत्य तर्फ १६ जना गरि जम्मा २६ जना प्रतियोगी छनोट गरिएको प्रतियोगिताको आयोजक संस्था सारेगम कला केन्द्रका संचालक तथा प्रतियोगिता संयोजक सन्तोष आले मगरले जानकारी दिए ।

अडिसनमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका ३२ जनाले आफ्नो प्रस्तति दिएका थिए । ३२ मध्ये उत्कृष्ट २६ जनालाई दोस्रो चरणका लागि छनोट गरिएको हो । बुधबारको अडिसनमा गायनतर्फ संगीत प्रशिक्षक दिपक रायमाझी र नृत्यतर्फ नृत्य प्रशिक्षक तथा नेपाल चलचित्र नृत्य संघको कोशी प्रदेश संयोजक राज लावतीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

प्रतियोगिताको अडिसन राउन्डको एक औपचारिक कार्यक्रमका बीच तत्कालिन संविधानसभाका सदस्य प्रेम गिरीले उद्घाटन गरिदिएका थिए । नगरभित्रका बालबालिका तथा युवाहरुलाई लक्षित गरी प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक सन्तोष आलेले जानकारी दिए । नेपाली लोक कला, साहित्य संगीत तथा संस्कृतिको संरक्षणसँगै संगीतको माध्यमबाट युवाहरु जागरुप गर्ने उदेश्य रहेको उनको भनाई छ ।

प्रतियोगिताको पहिलो चरणमा चैत्र २९ गतेदेखि वैशाख ३ गतेसम्म चार वटा वडामा अडिसन हुनेछ । प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ अर्जुनधाराका स्थायी नागरिक र अर्जुनधारालाई कर्मथलो बनाएर बसेकाहरुले प्रतिस्पर्धा गर्न पाउने छन् ।

पहिलो चरणको अडिसनबाट दोस्रो चरणका लागि ११० जना, दोस्रो चरणबाट तेस्रो चरणका लागि ५० जना र तेस्रो चरणबाट चौथो चरणका लागि २५ जना छनौट गरिने छ । छनौट भएका टप २५ को प्रस्तुती युट्युबमार्फत् सार्वजनिक गर्ने र उनीहरुले प्राप्त गर्ने भ्यूजको आधारमा पनि अंक दिइने बताइएको छ ।

गायन र नृत्य दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीले क्रमश जनही ३० हजार, २० हजार र १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल वैशाख ३० गते हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *