बिराटनगरमा रेल ल्याउने अन्तिम तयारी यस्तो
Published:
by .बिराटनगर । भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म यही महिनाभित्रै रेल आउने भएको छ ।
रेल सञ्चालन हुने भएपछि व्यवसायी र स्थानीयवासी उत्साहित भएका छन् । तर, कटहरीसम्मै रेल्वे सञ्चालनका लागि भने मुआब्जा विवादका कारण केही ढिला हुने देखिएको छ ।
भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर रेल्वे खण्डमा पहिलो पल्ट रेल परीक्षण गरिँदैछ ।
जसमा भारततर्फ ५ किलोमिटर र नेपालतर्फ ३ किलोमिटर रहेको छ ।
बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे खण्डको काम ९५ प्रतिशत पुरा भएकाले परिक्षण स्वरुप बुधनगरसम्म रेल ल्याउने तयारी रहेको भारतीय निर्माण कम्पनी इकोर्नले जनाएको छ ।
यता नेपालतर्फ मुआव्जाको विवादका बीच पनि रेल्वे निर्माणको कामलाई अगाडी बढाएकोले पहिलो चरणमा बथनाहदेखि बुधनगरसम्म रेल आउने कार्य अघि बढेको नेपालस्थित रेल बिभागका महानिर्देशक बलराम मिश्र बताउँछन् ।
भारतको कोलकत्ताबाट नेपाल जोडने सिधा रेलमार्ग नहु्दा ढुवानी लागत बढेको गुनासो गर्ने नेपाली उद्योगी व्यवसायी पनि सामान आयातमा सहज हुने भएकोले उत्साहित छन् ।
यद्यपि भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर मध्ये ८ किलोमिटरको काम पुरा भए पनि बाँकी काम मुआब्जा विवादले अवरुद्ध छ । रेलमार्गलाई पूर्णता दिन समयमै मुआब्जा विवाद सल्टाउन भने अलि गम्भीर हुनैपर्छ ।
इमेजखबर
Comments