Sajhamanch Archive

सताक्षीधाममा ८० ओटा गौ सेवाका लागि गोठ निर्माण

Published: in विविधा, समाज by .

शिवसताक्षी । पूर्वको प्रशिद्ध तीर्थ स्थल सताक्षीधाम गौ सेवाका लागि ठूलो गाईको गोठ निर्माण भएको छ । सताक्षीधाममा रहेको गोलोक गोवर्धन गौशालाले थप गो सेवाका लागि गोठ निर्माण गरेको हो ।

आज शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) उक्त गोठको उद्घाटन गरेका छ । गौशालाका अनुसार उक्त गोठमा ८० ओटा गाईहरु अटाउन सक्छन् ।

उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले सताक्षीधामको पहिचान गौशालाले दिएको बताए । नेपाल कमै यस्तो ठाउँ छ ,जहाँ गौ पुजा गरी गौ संरक्षरण गरिन्छ । त्यो एक शिवसताक्षीको सताक्षीधाम हो । यसले यस नगरलाई विश्व मानचित्रमा चिनाउने काम गरेको नगरप्रमुख थोप्राले बताए । आज भन्दा केही वर्ष अघि सताक्षीधाम मन्दिर एउटा सानो घेरामा थियो तर यहाँ गोलोक गोवर्धन गौशााला निर्माण गरी गाईको सेवा गर्न थोलेपछि छोटो समयमा सताक्षीधामको मुहार फेरिएको भने यसले एउटा पहिचान स्थापित गरेको नगरप्रमुख थोप्राले बताए ।

त्यस्तै गोलोक गोवर्धन गौशालाका अध्यक्ष तथा संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले जहाँ गौको पुजा गरिन्छ,त्यहाँ भगवानको बास हुने बताए । हामीले काम सुरु गर्छौ तर त्यसमा लाग्ने निर्माण सामाग्रीका लागि खर्च जुट्दै जान्छ । यो गौ सेवाबाट आएको एउटा प्रसाद हो । उनले भने, शताक्षीधाममा निर्माण भएको संरचना १८ लाख ३३ हजारमा निर्माण भएको हो । जसमा अमेरिकामा बसोबास गर्ने चार जना दाताहरुबाट १० लाख सहयोग र नेपाल सरकार पर्यटन पुर्वाधारबाट ७ लाख ५० हजार र शिवसताक्षी नगरपालिकाबाट ८३ हजार बजेट रहेको छ।
गाई गोठ १ सय फुट लम्बाईको ट्रष्टको संरचना बनाईको श्रीगोलोक गोवर्धन गौशालाले जनाएको छ । हाल सताक्षीधाममा ६ सय ५० गाईहरु रहेका छन् ।

यसैबीच आजै सताक्षीधाममा निर्माण भएको अतिथि भवनको पनि उद्घाटन गरिएको छ । बाहिरबाट आउने अतिथिहरुलाई बस्नको लागि राम्रो प्रबन्ध मिलाइएको सताक्षी गुरुकुलम्का प्राचार्य मदनमोहन अधिकारीले जानकारी दिए। बेदप्रसाद अग्रवालको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन प्राचार्य अधिकारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *