Sajhamanch Archive

हकदावी सम्बन्धी एनएमसी काँकरभिट्टा कार्यालयको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/१२/०८

जिल्ला झापा मेचीनगर–६ बस्ने स्व. टिकाराम उप्रेती (सदस्य नं. घण्ण्ज्ञ) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल फागुन १५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–६ बस्ने निजका श्रीमती केशवकुमारी उप्रेतीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल चैत ८ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी काँकरभिट्टा कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *