गूगल म्यापमा आफ्नी श्रीमतीलाई अर्कै पुरुषसँग देखेपछि…
Published:
by .गुगल म्यापमा आफ्नी श्रीमती अर्कै पुरुषसँग देखेपछि एक व्यक्तिले डिभोर्श दिएका छन् ।
ल्याटिन अमेरिकी मिडिया ला क्रोनिकाले जनाएअनुसार पेरुको राजधानीमा एक व्यक्तिले फेसबुकमार्फत श्रीमतीको अर्कै पुरुषसँग अफेयर भएको थाहा पाएपछि डिभोर्श गरेको जनाएको छ ।
उनले गूगल म्यापले लिएको फोटो फेसबुकमा भेटेका थिए । सन् २०१३ को अक्टोबरमा पुएन्टे दे लोस सुस्पिरोसमा लिइएको फोटो उनले भेटेका हुन् । एउटी महिला एक जना पुरुषको काखमा रहेको फोटो उनले कपडाको आधारमा चिनेका हुन् । कपडाका आधारमा फोटोमा देखिएकी महिला आफ्नै श्रीमती हुन् भनेर थाहा पाएपछि अचम्मित भए र फोटो देखिसकेपछि उनी श्रीमतीसँग विवाद गर्न थाले ।
श्रीमतीले अर्का पुरुषसँगको अफेयर पनि स्वीकारिन् । त्यही निहुँमा उनीहरुबीच डिभोर्स भयो ।
Comments