Sajhamanch Archive

तयारी चिया आपूर्ति गर्ने सम्बन्धी एनएमसी चिया व्यवसाय उपसमितिको १५ दिने सिलबन्दी कोटेसन आह्वान

Published: in अर्थतन्त्र, विज्ञापन, साहित्य by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०।१।११

यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) द्वारा सञ्चालित एनएमसी चिया उद्योगलाई तयारी चिया खरिद गर्नुपर्ने भएको हुँदा तयारी चिया बिक्री गर्न चाहने इच्छुक उद्योग, उत्पादक फर्म र चिया उत्पादक सहकारी संस्थासँग निम्न अनुसारको शर्त बन्देजभित्र रही सिलबन्दी कोटेशन पेस गर्न आह्वान गरिन्छ ।

१. चियाको प्रकार : सिटिसि (CTC)
२. ग्रेड (Grade) : BP, BOP, BOPS, OF, PD
३. परिमाण (Qty) : पहिलो चरणमा न्यूनतम ५ हजार केजी ।
४. इच्छुक संस्थाले प्रत्येक इन्भोइस/लट/ब्याच नं. को २०० ग्रामको स्याम्पल ग्रेड अनुसार उपलब्ध गराउनु पर्नेछ ।
५. स्याम्पलमा, इन्भोइस/लट/ब्याच नंं., ग्रेड, उत्पादन सिजन र मिति, परिमाण स्पष्टसँग बुझिने गरी उल्लेख गर्नुपर्नेछ ।
६. प्रस्तावित न्यूनतम दर कोटेसन पत्रमा इन्भोइस/लट/ब्याच नं. समेत उल्लेख गर्नुपर्नेछ ।
७. उल्लिखित परिमाणको तयारी चिया एनएमसी चिया उद्योग मेचीनगर–५, सुरेन्द्रनगर, झापामा ढुवानी गर्नुपर्नेछ ।
८. कोटेसन पेस गर्दा, फर्मको आधिकारिक कोटशन पत्र, दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ भने गुणस्तर प्रमाणपत्र भए सो समेत समावेश गर्न सकिनेछ ।
९. कोटेसन पेस गर्ने अन्तिम मिति २०८० वैशाख २६ गते ४ बजेसम्म रहने छ ।
१०. कोटेसन पेस गर्ने स्थान एनएमसी चिया उद्योग मेचीनगर–५, सुरेन्द्रनगर, झापा
११. थप जानकारीको लागि सम्पर्क नं ९८५२६८९५१३

– एनएमसी चिया व्यवसाय उपसमिति

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *