Sajhamanch Archive

उपप्रमुख कार्कीको सक्रियताले शिवसताक्षी १० की सपनाको कोशी अस्पतालमा निःशुल्क उपचार हुँदै

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापा शिवसताक्षी १० माइधारकी सपना ऋषिदेवको उपचारलाई शिवसताक्षी नगरपालिकाले कोशी अञ्चल अस्पताल पठाएको छ । एक वर्ष अघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण झिक्न नसकेपछि नगरपालिकाले उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल पठाएको हो ।

सपना ऋषिदेवको एक वर्ष अघि जंगलमा दाउरा काट्ने क्रममा लढेर खुट्टा भाँचिदा चन्दा उठाएर मेची अञ्चल अस्पतालमा गई दाहिने खुुट्टामा स्टिल हालेकी थिइन् । उक्त स्टिल गएको र्कािर्तक महिनामा नै झिक्नु पर्ने थियो । तर आर्थिक विपन्नताका कारण थप उपचार नसक्दा उनी घरमै थलिएकी थिइन् ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको सक्रियताले सपनाको उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । उपप्रमुख कार्कीले सपनाको निशुल्क उपचारको लागि कोशी अञ्चल अस्पतालका प्रशासन प्रमुख नवराज लुईंटेल सँग सम्पर्क गरेर उपचारमा सहयोग आग्रह गरेकी थिइन् । उनको उपचारमा शिवसताक्षी नगरपालिकाले पनि नगद रु १७ हजार सहयोग प्रदान गरेको छ । आइतबार उपप्रमुख कार्कीले आफै गएर ऋषिदेवलाई अस्पतालमा भर्ना गराएकी छिन् ।

उपप्रमुख कार्कीका अनुसार सपनाको खुट्टामा यस अघि लगाएको स्टिल झिकेर फेरी भित्रबाट स्टिल नै लगाउनु पर्ने देखिएको छ । कोशी अञ्चल अस्पतालका डा. यज्ञ खरेलका अनुसार पहिले स्टिल लगाइए पनि भाँचिएको ठाउँ नजोडिएकाले अब भित्रबाट स्टिल लगाउनु पर्ने देखिएको छ । भित्रबाट स्टिल लगाउँदा केही समय पश्चात हिडडुल गर्न मिल्ने र विरामीलाई सहज हुनेछ ।

उनको उपचारका हाल ५० देखि ७० हजार खर्च लाग्ने भएको हो । उपचारमा कोशी अञ्चल अस्पतालका डाक्टरहरुले खुट्टामा लगाउने स्टिल खरिद गर्न १० हजार सहयोग प्रदान गर्ने उपप्रमुख कार्कीले बताइन् । कोशी अञ्चल अस्पतालले विरामीका लागि अन्य लाग्ने खर्च, औषधि खर्च, र विरामी र विरामी कुरुवाका लागि खाना समेत निःशुल्क प्रदान गरेको अस्पतालको प्रशासनले जनाएको छ ।

विरामी ऋषिदेवलाई यस अघि पनि नगरपालिकाको एम्बुलेन्समा आम्दा अस्पताल दमक लगिएको थियो । आम्दा अस्पतालले त्यहाँ उपचार गर्न सम्भव नहुने भनेपछि आइतबार उनलाई विराटनगर लगिएको हो ।

सपना ऋषिदेवको एक वर्ष अघि जंगलमा दाउरा काट्ने क्रममा लढेर खुट्टा भाँचिदा स्टिल हाल्नु परेको थियो । एकवर्ष अघि गाउँघरमा सहयोग मागी मेची अञ्चल अस्पतालमा लगेर उनको खुट्टामा स्टिल राखिएको उनका सपनाका श्रीमान कृष्णकुमार ऋषिदेवले बताए । गएको कार्तिक महिना मै उनको खुट्टाको स्टिल झिक्नु पर्ने हो । श्रीमानले भने, हामीसँग उपचारमा लाग्ने खर्च नहुँदा त्यतिकै बसेका छौं । डाक्टरले खुट्टामा स्टिल राखेपछि क्यालसियम, भिटामिन र अन्य औषधिहरु लेखिदिएको थियो । आफुसँग पैसा नहुँदा उनलाई औषधि खुवान समेत नसकिएको श्रीमान् कृष्णकुमारले बताए ।

अहिले उपचारका लागि नगरपालिकाले गरेको सहयोगको म सँधै ऋणी रहने छु । उनले भने, नगरपालिकाले गरिब दुखीहरुलाई हेर्देन भन्ने सुनेको थिए । तर त्यस्तो होइन रहेछ । मेरो लागी उपप्रमुख भगवान बनेर आउनु भयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *