Sajhamanch Archive

अर्नभलाई भोट गर्न दशनामीको अपील

Published: in गीत/संगीत/मनोरञ्जन, रोचक कुरा / टिप्स, लोकप्रिय by .

बिर्तामोड । गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को लाइभ राउण्डमा पुगेका झापा बिर्तामोडका अर्नभ बनको प्रस्तुतीले सवैलाई चकित बनाएको छ ।

हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुँदै आएको लाइभ राउडमा अर्नभको प्रस्तुतको सवैले प्रशंसा गर्दै आएका छन् ।

टप २४ मा पर्न सफल अर्नभलाई भोट गर्न नेपाल दशनामी समाज बिर्तामोड नगरले सवैलाई आग्रह गरेको छ । टिम प्रविशामा रहेका अर्नभलाई खल्ती एप्प डाउनलोड गरेर भोट गर्न सकिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *