Sajhamanch Archive

शिवसताक्षीमा फिलुङ्गेको नलले छोपेको अवस्थामा महिलाको सव फेला

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी न.पा. ६ निपत्रियामा एक महिलाको सव फेला परेको छ ।

स्थानीय एकल महिला ६३ वर्षीय शान्तिमाया प्रधानको सव विहीबार बेलुका उनकै घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

छिमेकी परालको तान्न जाँदा गन्ध आएको र माच छेउमा चप्पल देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेको वडाध्यक्ष मनोज खुलालले जानकारी दिए । प्रधान मंलबार देखि हराइरहेको अध्यक्ष खुलालले बताए ।

इलाका प्रहरीको टोली घटना स्थलमा आएर महिलाको सव रहेको पुष्टि गरेका थिए । सव कुहिन थालेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय इन्चार्ज युवराज कटुवालले जानकारी दिए । परालको माच छेउमा फिलुङ्को नलले छोपेको अवस्थामा सव फेला परेको हो । उनले भने सवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको इन्चार्ज कटुलालले बताए ।

सवलाई पोष्टमाटमका लागि घोपा क्याम्प धरान पठाइएको छ। शिवसताक्षी नगरपालिकाकी उपमेयर नरमाया कार्की घटनाको प्रकृति हत्या गरेको जस्तो देखिएको बताइन् । घरबाट सव फेला परेको स्थानसम्म केही घिसारे जस्तो पनि देखिएको उनको भनाई छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *