Sajhamanch Archive

झिलझिलेमा वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम गरिँदै

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज, स्थानीय तह by .

शिवसताक्षी । किरात राई यायोक्खा शिवसताक्षी नगर इकाईले आगामी वैशाख ३० गते झिलझिलेमा वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

यायोक्खाले आज आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । यायोक्खा साकेला माङ्खिमको मैदानमा वृहत साँस्कृतिक कार्यक्रमसहित साकेला उभौली पर्व मनाउने आयोजकले जनाएको छ ।

नगरसमितिले पहिलोपटक ऐतिहासिक बहुसांस्कृतिक पर्वका रुपमा उभौली मनाउन लागेको जनाइएको हो । सो पर्वलाई किरात समुदायको महत्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ ।

उभौली साँस्कृतिक कार्यक्रममा संस्कार र संस्कृति सम्बन्धी विभिन्न झाँकीसहितको कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सांस्कृतिक कार्यक्रम सम्पन्न गर्नका लागि ५ लाख ५० हजार रुपैयाँ अनुमानित खर्च हुने जनाइएको छ ।

सो कार्यक्रमका लागि शिवसताक्षी नगरपालिकाले ३ लाख रुपैयाँ उपलब्ध गराउने र अपुग रकम शुभचिन्तकहरुबाट संकलन गर्नुपर्र्र्र्ने कार्यक्रम संयोजक मिलन राईले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रममा मिलन नेवार, नुमा राई, जीवन राई, सुमन कार्की लगायतका कलाकारको प्रस्तुति रहने आयोजक समितिका सदस्य जदम राईले बताए ।

किरात राई यायोक्खा शिवसताक्षी नगर सभापति पर्शुराम राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलन प्रेस संयोजक पवन राईले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *