Sajhamanch Archive

वडामा पस्दा पार्टीलाई जानकारी गराउन निर्देशन

Published: in राजनीति, राष्ट्रिय समाचार by .

भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)–का केन्द्रीय सदस्य देवेन्द्र दाहालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको वडा कमिटीलाई सूचना दिएरमात्रै वडामा पस्न निर्देशन दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा भद्रपुर नगर कमिटीद्वारा शनिबार भद्रपुरमा बडादशैको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि रहेका दाहालले पालिका तहका प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षहरुले वडा कमिटीलाई सूचना गराएर मात्रै वडाको काम गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा नेकपा झापाको जिल्ला स्तरीय कार्यदलका सदस्यहरु चिन्तन पाठक, मणि साङ्पाङ्, प्रदेश सभाका सदस्य बसन्त वानियाँ, श्रीप्रसाद मैनाली, भद्रपुर नगरका उपप्रमुख चन्द्रमाया श्रेष्ठलगायतका वक्ताहरुले बडादशैंको शुभकामना मन्तव्य मार्फत् आदानप्रदान गरे ।

नेकपा भद्रपुर नगरका अध्यक्ष ब्रम्हलाल ढुङ्गानाको अध्यक्षतामा सचिव नरेश संजेलले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई नगर इन्चार्ज अशारु राजवंशीले शब्दले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *