धरमपुर साकोसद्वारा रक्तदान ४२ पिन्ट रगत संकलन
Published:
by .शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औ स्थापना दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रमको आयोजना गरिएको छ।
जस अन्तर्गत धरमपुर साकोसको आयोजना र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा १३ महिला र २९ पुरुष गरि ४२ जनाले रक्तदान गरेका थिए। जस् मध्ये १६ जनाले पहिलो पटक रक्तदान गरेको धरमपुर साकोसका व्यवस्थापक तथा मेनेजर क्लब शिवसताक्षीका अध्यक्ष विनोद ढकालले बताए ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखालाई धरमपुर बचत तथा ऋण सहकारी संस्थाले ब्लड ट्रे १२ थान समेत प्रदान गरेको छ।
एक स्वस्थ्य व्यक्तिले रक्तदान गर्दा एक त स्वास्थका लागि फाइदा हुने साथै विरामीले जीवनदानसमेत पाउने हुँदा स्थानीयबासीहरु रक्तदान गर्न उत्साहित देखिएका थिए ।
आज नै धरमपुर साकोसको आयोजना र किओच दमक बाल अस्पताल दमकको प्राविधिक सहयोगमा निस्शुल्क बाल स्वास्थ्य शिविर संचालन गरिएको थियो।बाल स्वास्थ्य शिविर कार्यक्रममा ७० जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको र १ लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको ढकालले बताए।
निःशुल्क बाल स्वास्थ्य शिविरमा डाक्टरहरुबाट बाल बालिका स्वास्थ्य परिक्षण गर्दा खास गरि बाल बालिकाहरुमा देखा पर्ने रोग रुघाखोकी,एलर्जि ,पेटको समस्या ,छाती तथा स्वास प्रश्वास सम्बन्धी रोग बढी मात्रामा पाईएको बाल रोग विशेषज्ञ डा. प्रभु अग्रवालले पुष्टी गरेका छन् ।
साथै बैशाख २० गते शिवसताक्षी २, मंगलबारेमा आँखा शिविर र बैशाख २१ गते लक्ष्मीनारायण मा. वि. मा १४ वटा आँप, लिचि, अम्बक, अनार रुद्राक्ष आदि उन्नत जातका फलफुलको बिरुवा रोपिएको साथै यसरी नै शिवसताक्षी–३ पाराबारीमा बैशाख २६ गते मंगलबारका दिन बेमौसमी तरकारी खेती सम्बन्धि एक दिने तालिम र उन्नत जातको बीउ बिजन वितरण गरिने संस्थाका अध्यक्ष कुमार शंकरले जानकारी दिए।
Comments