शिवसताक्षीमा नगरप्रमुखसँग विद्यार्थी कार्यक्रमः कक्षा कोठा मै शिक्षकले गुड्का, खैनी खाएको विद्यार्थीहरुको गुनासो
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षीमा कक्षा ९ देखी १२ का विद्यार्थी लक्षित नगरप्रमुखसँग विद्यार्थी कार्यक्रम गरिएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाद्वारा आयोजित कार्यक्रममा शिवसताक्षी नगरपालिकाका सामुदायिक तथा संस्थाका गत विद्यार्थीहरुले शिक्षा क्षेत्रमा भएका कमी कमजोरीहरुलाई औल्याइदिएका छन् ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा विद्या सिग्देलले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरका साथै शिक्षकहरु पनि अनुशाशित हुनु पर्ने बताइन । उनले नगरप्रमुख सँग प्रश्न गर्दै भनिन शिक्षकहरु कक्षा कोठा मै गुड्का, खैनी खाँदै आउनुहुन्छ । त्यसलाई नगरपालिकाले कसरी हेरेको छ । त्यस्ता शिक्षकबाट हामीले के सिक्ने । त्यस्ता गतिविधिहरु कहिलेबाट हटाउन नगरपालिकाले काम गर्छ । उनले विद्यालयमा खाने पानीको व्यवस्था नभएको, खेलकुद सामाग्री नभएको, स्कुल बसले विद्यालय विदा हुनु भन्दै अघि नै विद्यार्थी घर पुर्याउने गरेको बताइन् ।
अन्तिम घण्टी अध्ययन थोरै विद्यार्थीले मात्रै लिने गरेको उनले गुनासो गरिन् । त्यस्तै संस्थागत विद्यायलतर्फकी ध्रुवतारा आवशीय माध्यमिक विद्यालयकी छात्रा माया विष्टले सामुदायिक विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिन्छ र संस्थागत विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण किन गरिदैन भन्दै प्रश्न गरिन् । उनले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई नगरपालिकाबाट पाउने सुविधाहरुमा किन विभेद गरिएको भनेर प्रश्न गरिन् ।
त्यस्तै भानु माध्यमकि विद्यालयका छात्राले विद्यार्थीहरुले अन्तर विद्यालयमा गएर परीक्षा दिँदा सम्बन्धित विद्यालयका शिक्षकहरु आएर सिकाईदिने, परीक्षा खुल्ला छोडिदिने जस्ता गतिविधी गरेको बताइन् । उनले नगरपालिकासँग प्रश्न गर्दै भनिन् नगरपालिकाले अब कहिलदैखि परीक्षामा कडाइका साथ अनुगमन गर्छ । उनले नगरपालिकाले बेला बेलामा सम्बन्धित विद्यालयका शिक्षकहरुले कसरी अध्यापन गराउँदै छन् । विना सुचना विद्यालयमा गएर जाँच गर्नु पर्ने सुझाब दिइन् ।
विद्यार्थीहरुको प्रश्नको जवाफ दिदै नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरपालिकाले विद्यालयको भौतिक पूर्वाधार निर्माण, व्ल्याकबोर्ड हटाई इटरयाक्टिप एलसिडी प्यानल बोर्डबाट सिकाइ गरिदै र अतिरिक्त क्रियाकलपहरुमा जोड दिदै आएको बताए । सामुदायिक र संस्थागत विद्यालयहरुमा नीति गत मै अलक भएकाले चाहेर पनि संस्थागत विद्यालयमा नगरपालिकाले दिने सुविधा दिन नसकेको र शिवसताक्षी दुवै विद्यालयहरुलाई समान दृष्टिको राखिने समेत जानकारी गराए ।
नगरपालिकाले कुल बजेटको ३२ प्रतिशत शिक्षामा लगानी गरेको छ । उनले भने, खेलकुदमा क्षेत्रमा सामुदायिक विद्यालयहरुमा केही कमजोरी भएको छ । बजेट अभावमा सबै विद्यायलमा खेलकुद सामाग्रीहरु दिन सकिरहिएको छैन । तर अब हामी त्यस्ता कुराहरुमा पनि ध्यान पुर्याउने बताए । नगरपालिकाले शिक्षाको गुणस्तरका बृद्धिका लागि स्मार्ट विद्यालयको अवधाराण ल्याएको बताए । पहिलो चरणमा शिवसताक्षीको बालनिकुञ्ज मा.वि, सूर्योदय मा.वि., बालसेवा आ.वि. लगायतका विद्यालयलाई सुविधा सम्पन्न गरी स्तरोन्नती गर्न काम सुरु भएको नगरप्रमुख थोप्राले बताए ।
कक्षा ११ र १२ कक्षालाई निशुल्क शिक्षा दिनका लागि नगरपालिकाले कहिलेदेखि काम गर्छ भन्ने प्रश्नको जवाफ दिदै नगरप्रमुख थोप्रालेभने, कक्षा ११ र १२ मा विद्यार्थी संख्या अधिक भएकाले सबैलाई निशुल्क शिक्षा दिन नसकिएको बताए । सरकारले पयाप्त बजेट पठाउने बातावरण बन्नेपछि नगरपालिकाले निशुल्क रुपमा शिक्षा दिन सकिने उनको भनाई थियो ।
विद्यार्थीहरुले गरेको शिक्षाको गुणस्तर शिक्षाको विकासमा तपाई सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै नगरप्रमुख थोप्राले भने, म १० प्रतिशत पनि सन्तुष्ट छैन । आफु निर्वाचित भइरहँदा करोडौ बजेट शिक्षामा लगानी गर्ने र शिवसताक्षीलाई शिक्षाको हव बनाउने सोचेको थिए । तर यहाँ त्यस्तो हुँदो रहेन छ । सिमित बजेटमा काम गर्नु पर्ने र नगरको समग्र विकाश परियोजनाहरु सञ्चालन गर्नु पर्ने भएकाले आफुले सोचे जस्तो नभएको बताए । उनले भने शिक्षाको हब बनाउने मेरो इच्छालाई पाँच बर्षमा धेर थोर जति भए पनि कामको सुरुवात गरेर छाड्छु । नगरप्रमुख थोप्राले बाटो, सिचाईलगायत अन्य पूर्वाधार निर्माणका लागि नगरपालिकाम डेलिकेशन आउने तर शिक्षा र स्वास्थ्यको विषयमा केही पनि नगरपालिका नआएको गुनासो गरे ।
शिक्षाको नीतिगत प्रश्नको जवाफ शिवसतापक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविलाल ढकाल दिएका थिए । शिक्षाको बजेट कहाँ कति खर्च भएको उनले विद्यार्थीहरुलाई जानकारी गराए थिए । उनले कार्यक्रममा सहभागी विद्यार्थीहरुको समस्या र दिएको सुझाबलाई आगामी वर्षको कार्यक्रममा समावेश गराउने बताए ।
कार्यक्रममा सहभागी अधिकांश विद्यार्थीहरुले नगरपालिकाले शिक्षाका के कति काम गरेको छ भनेर सोधेका थिए। सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुले अनिवार्य रुपमा आफ्ना छोरा छोरीहरुलाई सामुदायिक विद्यालयमा पठन पाठन गराउन विद्यार्थीहरुले राय दिएका छन ।
कार्यक्रममा १० सामुदायिक र संस्थागत ३ विद्यालयका गरी १३ विद्यालयका प्रति विद्यालय ५ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।
Comments