Sajhamanch Archive

एक वर्षमा २२ योजना सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

 

मिरगढी । मेचीनगर नगरपालिका वडानम्बर १५ ले वितेको आर्थिक वर्ष २०७४÷०७५ मा विभिन्न २२ वटा योजना सम्पन्न गरेको जनाएको छ । ती योजनाका लागि १ करोड १० लाख ५० हजार रुपैयाँ विनियोजित गरिएको थियो । त्यसमा ३४ लाख ५० हजारको काम लागत सहभागितामा सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।

आइतबार वडाध्यक्ष गुणराज भट्टराईले स्थानीय तहको निर्वाचन सम्पन्न आफुले पदभार ग्रहण गरे लगत्तै आफ्नो टिमले गरेका विकास निर्माणका तथा वडाले भए गरेका कामको सार्वजनिक गरेका थिए । ‘वास्तवमा यो वडा नदी कटानको चपेटामा परेको छ’ वडाध्यक्ष भट्टराईले भने —‘यसकारण पनि वडाले हरेक योजना बनाउँदा नदी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्यो ।’ वडाले हडिया तथा पालिया नदीमा जाली लगाएर ढुंगा भरेको छ । जस्ले गर्दा नदी कटानबाट धेरैजनाको खेतवार नदी कटानबाट नियन्त्रण भएको वडा सदस्य वृखलाल राजवंशीले बताए ।

१५ नम्बर वडा विशेष गरी निन्दा, हडिया पालियालगायतका नदीको कटान पर्ने भएकाले वडाले नदी नियन्त्रणलाई पहिलो प्राथमितकामा राखेर काम गरेको वडाध्यक्ष भट्टराईको भनाई छ । सडक मर्मत, कल्भर्ट निर्माण, वडा कार्यालयको घेरावारा, ह्यूमपाइप खरिद, कृषि तथा सिञ्चाई, विद्युतीकरण, विपत व्यवस्थापन तथा खुला दिशामुक्त अभियान, नदी नियन्त्रणलगायतका विकास निर्माणका काम लागत सहभागितामा सम्पन्न भएको उनको भनाई छ ।

निन्दादेखि लक्ष्मीडाडा गोकूल मार्ग, हदेलुवारी किसान कामत, चौधरी चोक नयाँवस्ती, शान्ति डाडाको वाटो, हदेलुवारी पालिया डाडालगायतका झ(डै ५ किलो मिटर सडकको मर्मत तथा सम्भार भएको छ । वडाका विभिन्न ठाउँमा आधा दर्जन कल्भर्ट निर्माण भएका छन् । वडा कार्यालयको परिसरको उत्तरपूर्वमा वाल निर्माण गरिएको र त्यसको ५० प्रतिशत काम सम्पन्न भएको वडाध्यक्ष भट्टराईले बताए । वडामा आवश्यक स्थानमा विभिन्न साइजका १९ थान ह्यूम पाइप खरिद गरिएको छ ।

वडाले कृषि तथा सिञ्चाई अन्तर्गत पालिया निन्दा, टिमाई नहरमा उल्लेखनिय काम गरेको छ । वडाले मठमन्दिर निर्माणमा समेत काम गरेको छ । श्रीकृष्ण प्रणमी मन्दिरलगायतका अन्य मठमन्दिरमा समेत वजेट विनियोजन गरी काम गरेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाई कटाई तथा बुटिक कार्यक्रम सञ्चालन गरेको, दलित तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, खानेपानी तथा सरसफाइ, क्षमता विकास कार्यक्रम, आदिवासी, जनजाति सन्थाल, पाहनजातिको भेषभुषा खरिदलगयातका कार्य गरेको वडाले जनाएको छ ।

यसैगरी २ सय ३७ जनााके जन्म दर्ता, ४८ जनााके मृत्यु दर्ता, १ सय १२ जनाको विवाह दर्ता ४२ जनाको वसाई सराईको सिफारीस प्रदान गरिएको उनले बताए । चालु आर्थिकवर्ष २०७५÷०७६ मा पनि विकास निर्माणका काम धमाधम भइरहेको र प्राथमिकताका आधारमा काम अघि बढाइएको उनको भनाई छ ।