Sajhamanch Archive

भ्रष्टचारीलाई कुनै पनि बहानामा उन्मुक्ती दिन हुँदैनः पूर्व मन्त्री रिजाल

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । नेपाली कांग्रेसले शिवसताक्षीको दूधेमा अगुवा कार्यकर्ता प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको आयोजनामा एक दिवशीय अगुवा कार्यकता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व मन्त्री तथा केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले उक्त प्रशिक्षणको सहजीकरण गरेका हुन् ।
नेपाली कांग्रेसको सिद्धान्त, दृष्टिकोण र कार्यकर्ताले खेल्नु पर्ने भूमिकाका विषयमा प्रशिक्षण गराइएको थियो ।

कार्यक्रममा डा. रिजालले भ्रष्टचार मौलाएको भन्दै कोही कसैले भ्रष्टचार गरेको प्रमाणित भए त्यसलाई उन्नमुक्ति दिन नहुने बताए । भ्रष्टचार जघन्य अपराध भएकाले निर्दोषलाई फसाउन नहुँने तर दोषी ठहरिए कडा भन्दा कडा कार्वाही हुनु पर्नेमा पार्टीले भूमिका खेल्ने जानकारी दिए ।
उनले अब पार्टीलाई नयाँ चिराबाट अगाडी बढाउनु पर्नेमा जोड दिए । अहिलेको आवश्यक्ता पार्टी सुद्धिकरण पनि हो । उनले भने, पार्टीको तल्लो संगठनबाट माथिल्लो संगठन सम्म नै सुद्धिकरण गर्न आवश्यक छ ।

कार्यक्रममा शिवसताक्षी नगरसभापति अशोक बस्नेतले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । पार्टी प्रशिक्षणमा नेपाली कांग्रेस जिल्ला सभापति देउमान थेवे, प्रदेश सदस्यहरु, क्षेत्रीय समिति सदस्यहरु, वडा सभापति, वडा सदस्यहरुको बाल्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस नगर सचिव होम दुलालले गरेको थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *