Sajhamanch Archive

अन्जानको परदेशी जीवनमा रामकृष्ण ढकालको स्वर र अभियन

Published: in गीत/संगीत/मनोरञ्जन, भिडियो, लोकप्रिय by .

झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जीवन” बोलको गीत सार्वजनिक भएको छ ।

किशोर पोख्रेलको शब्दमा रमेश कडरियाले संगीत भरेको उक्त गीतको संगीत संयोजन किरन कडेलको रहेको छ । गायक रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको म्यूजिक भिडियोमा गायक ढकाल र सारदा राउतको अभिनय रहेको छ ।

निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोको छायाङ्कन विशाल सापकोटा र पोस्ट पोडक्सन विकास धमालाले गरेका छन् ।

गीतले हरेक नेपाली युवाको कथा र व्यथालाई उजागर गरेको छ। विदेशी भूमिमा खाइ नखाइ रात दिन पसिना बगाइरहेका हरेक युवाको मर्म र भावलाई सो गीत मार्फत रमेश अन्जानले समेटे्ने प्रयास गरेका छन् ।

कडरियाको यसअघि पनि अन्तिम श्वास, मन्द मन्द हावा, ब्रेक फेल, सुख दुःख, संगसंगै हिडेपनि लगायतका दर्जनौं राम्रा गीतहरु सार्वजनिक भइसकेका छन् ।

“परदेशी जीवन” नयाँ गीतले पहिलेको भन्दा पनि अझ बढी दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको उनी बताँउछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *