Sajhamanch Archive

विमान दुर्घटनाः एक बालकसहित तीन जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।

एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो ।

मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन् । बिमान चालक भने सामान्य घाइते भएका छन् ।

विमानस्थलबाट विमानले उचाई लिने क्रममा एक्कासी खसेको बताइएको छ ।

मौसम सफा भएकै अवस्थामा विमान दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *