Sajhamanch Archive

अरुकै खुशीयाली हेरेर वित्छ उनीहरुको दशैँ र तिहार

Published: (Updated: ) in मुख्य समाचार, समाज, by .

झापा । किन आउँछ दशैँ तिहार,

किन बिदाबार,

फौजीलाई कुन हो दशै

कुन हो चाड तिहार ।

दीपक कोइरालाको शब्द र जगदिश समालको स्वरमा सजिएको यो गीत प्रायः दशै तिहार र अन्य चाडपर्वका बेला रेडियो र टेलिभिजनबाट गुञ्जिन्छ । यो गीतमा सुरक्षा निकायमा कार्यरत व्यक्तिको बाध्यतालाई प्रस्तुत गरिएको छ ।

नेपालीको महान पर्व दशैतिहार शुरु हुनु केही साताअघि नै सबै सरकारी कार्यालय बिदा हुने गर्दछन् । दशैतिहारमा नीजि संघसंस्था, कलकारखाना पनि बिदा भए । त्यहाँ कार्यरत सबै कर्मचारी दशै, तिहार र छठ मनाउन आ—आफ्नो थातथलोतिर लागे ।

रोजगारका लागि सात समुन्द्रपारि पुगेकाहरु पनि चाड मान्न घर फर्किए । तर, परिवारसँगै दशैतिहार मनाउँने चाहना भएपनि सुरक्षाकर्मी र आपतकालीन सेवामा खटिएका कर्मचारीमा दशैतिहारमा पनि नियमित जिम्मेवारीमा खटिनु पर्ने बाध्यता छ ।

सरकारीमात्र होइन दशै तिहारको अवसरमा विभिन्न नीजि संघ संस्था, कलकारखाना समेत बिदा भएका कारण त्यहाँ कार्यरत सवै कर्मचारीहरु समेत एक आपसमा बर्षभरिको थकाई र धपेडीलाई भुल्र्दै दशै तिहार मनाउन आ—आफ्नो थातथलोतिर लाग्ने गर्दछन् । त्यसैले अधिकाँशले वर्षभरिको थकाई धपेडीलाई बिसाउने चौतारीका रुपमा समेत ठान्दछन् चाडपर्व लाई ।

कुनै काम विशेषले घर छाडेर अन्यत्र गएका हरु मात्र होईन रोजगारका लागि सात समुन्द्रपारि पुगेकाहरु पनि दशैँ तिहारमान्न घर फर्किने गरेका छन् । परिवार, इष्टमित्र र नातागोतासंग भेटघाट गर्ने अवसर बनाउँछन् धेरैले दशैँ तिहारलाई । तर, परिवारसंग बसेर दशैँ तिहारमनाउने चाहाना भएपनि कतिपय पेशाकर्मीहरुकालागि दशैँ तिहारमा पनि नियमित जिम्मेवारीमा खटिनु पर्ने बाँध्यता छ ।

हाम्रो समाजमा एउटा यस्तो कामकाजी समूह छ जस्ले चाहेर पनि स—परिवार एकसाथ रहेर खुशी साटासाट गदैँ दशैँ तिहारलगायतका अन्य पर्व मनाउन पाउँदैंनन् नत विभिन्न पर्वमा उनीहरुको विदा नै हुन्छ । मन थामेरै भएपनि उनीहरु कार्यक्षेत्रमा खटिन बाँध्य छन् । उनीहरुको जिम्मेवार पनि त्यस्तै हुन्छ ।

अरुले दशैँ तिहार मनाई रहदा उनीहरु आफ्नो जिम्मेवारप्रति वफदाररुपमा क्रियाशील हुन्छन् । हुन त यो माथिकोे गीतले दशै तिहार लगायत अन्य चाडपर्वका बखत आफ्नो पूख्र्याेली घर जान नपाएका शान्ति सुरक्षामा चौबीसै घण्टा खटिने सुरक्षाकर्मीलाई लक्षित गरी बनाईएको भएपनि हाम्रो समाजमा रहेको कामकाजी समूह जस्ले दशैँ तिहारलगायतका चाडपर्वमा समेत विदा पाएका हुदैनन् उनीहरुको पीडा वेदनासमेत बोलेको छ ।

सुरक्षा निकाय यस्तो कामकाजी समूह हो, जसले चाहेर पनि स—परिवार दशै तिहार, छठलगायतका पर्व मनाउन पाउँदैनन् । मन थामेरै भएपनि उनीहरु कार्य क्षेत्रमा खटिन बाँध्य छन् । उनीहरुको जिम्मेवार पनि त्यस्तै हुन्छ । अरुले दशैँ तिहार मनाउँदा उनीहरु आफ्नो जिम्मेवारमै रहन्छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालको नेपाल प्रहरीमा सेवा २३ वर्ष भयो । त्यति नै वर्ष भयो स परिवार बसेर एकसाथ दशैँ मनाउन नपाएको पनि । ‘हामी कार्यक्षेत्रमै सवै एकआपसमा मिलेर दशै मनाउँछौ ’ प्रहरी उपीक्षक ढकालले भने—‘हामीलाई त्यही आनन्द छ । सर्वसाधारणले हासीहासी भयरहित वातावरणमा दशैँ मनाउन यसैमा हाम्रो खुशी छ ।’ अझ चाडपर्वका बखत त सुरक्षाकर्मीहरुलाई जिम्मेवारी समेत बढ्ने उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय झापामै एक प्रहरी अधिकृत नाम नलेखि दिन आग्रह गर्दै भन्छन् ‘१८ वर्षे जागीरे जीवनमा लगातार चारवर्षदेखि परिवारसंगै बसेर दशै तिहार मनाउन पाएका छैनन् । ‘अब त बानी परेछ त्यस्तो कुनै फिल हुदैन्’ उनले भने—‘ तर, परिवारमा चाँहि एकप्रकारको नरमाइलो हुँदो रहेछ हामी पनि यहि समाजका प्राण्ी हौ, दशै तिहार सवै परिवारसंग बसेर एक आपसमा सुःख दुःखका साथ मनाउने रहर त हुन्छ नै तर हाम्रो जागीरै अरुकै खुशीमा खुशी मनाउनुपर्ने रहेछ ।’

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी उपरीक्षक महेश थापा नागरिकले अपराधरहित चाडपर्व मनाउनु नै प्रहरीका लागि दसै तिहार भएको बताउँछन् । ‘हामी खुशी हुनु पर्दैन’ प्रहरी उपरीक्षक थापा भन्छन् —‘ नागरिकले हासी खुशी दसै तिहार मनाए पुग्छ हामीलाई त्यसैले सन्तुष्ट पैदा गर्छ । जागीरका दौरानमा जहाँ जहाँ पुगिन्छ प्रहरीको घर परिवार नै त्यही हो उनले थपे ।

दमक नगरपालिका—२ घर बताउने एकजना प्रहरी जवान भन्छन् प्रहरीमा जागीर खाएको ९ वर्ष भएछ दसै तिहार परिवारसंगै नमनाएको ७ वर्ष भएछ । तर, पनि आफुलाई कुनै चिन्ता पीर नभएको उनको भनाइ छ । ’हामी सुरक्षा दिन्छौ सर्वसाधारण आनन्दले दसै तिहार मनाउँछन् ’ उनले भने—‘उनीहरुकै खुशीमा हामी रमाउछौ ।’ प्रहरीमात्र होइन अकास्मिक सेवामा क्रियाशील कर्मचारीको पनि दसै तिहार अरुकै खुशीयालीमा वित्ने गर्दछ ।

जिल्लाका नगरपालिकाको बारुणयन्त्रमा कार्यरत कर्मचारीकोपनि दसै उस्तै हुने गरेको छ । अधिकाँश समय कार्यक्षेत्रमै वित्ने गरेकाले पनि चाहरेर पनि उनीहर घर जान पाउर्दैनन् । प्रायः चौबीसै घण्टा ड्युटीमा तैनाथ रहनु परेकाले पनि उनीहरुले भने जस्तो गरी दसै तिहारमनाउन नपाएका हुन् । स—कहि कतै साथीभाईसंग आलोपालो गर्न भ्याए टीकासम्म लगाउन जाने गर्दछन उनीहरु ।

प्राधिकरणका कर्मचारीको पनि दशैँ उस्तै
दमकलका कर्मचारीको जस्तै छ प्राधिकरणका कर्मचारीको पनि दशैँ तिहार । प्रत्येक समय उपभोक्तालाई विद्युत सेवा उपलब्ध गराउन व्यस्त ती कर्मचारीको मन पनि प्रत्येक दशैँ तिहारमा मात्र होईन प्रायः सवैजसो चाडपर्वमा कुडिन्छ । ‘दशैँ तिहारमा सम्म खुलेरै परिवारसंग वसेर समय विताउन पाई्र्दैन’ नेपाल विद्युत प्राधिकरण काँकरभिट्टाका कर्मचारी खगेन्द्र अधिकारी भन्छन्—दशै तिहारमा समेत परिवारसंग भनेजति समय विताउन नपाउँदा दुःख लाग्छ । ‘घरनजिकै जान सक्ने अवस्था हुर्दैन’ उनले थपे । म मात्र होइन धेरै कर्मचारी मित्रहरु उपभोक्ताहरुको गुनासो सुनेर पनि कार्यालय कुरेर बस्नु बाहेक अरु विकल्प छैन् । अर्का कर्मचारी खेमराज पौडेल अरुलाई उज्यालो प्रदान गर्ने हामी भने दशैँमा पनि अध्यारो मनका साथ काममा व्यस्त हुनुपर्छ ।

स्वास्थ्यकर्मीको दशैँमा आलोपालो पद्दती
अन्य कर्मचारी जस्तो समस्या छैन स्वास्थ्यकर्मीहरुका लागि । हुन त उनीहरुले पनि पालो चाँहि मिलाउनै पर्छ । इमर्जेन्सी ड्युटीमा कार्यरत स्वास्थ्यकर्मीहरले भने समय मिलाएर दशैँ तिहार मनाउन पाउँछन् ।

अन्य स्वास्थ्यकर्मीहरु भने दशैँ तिहारको रमझममा रहेपनि कल आउने वित्तिकै कुदिहाल्नु पर्छ । दशैँ तिहार रमाइलो हुन्छ र एकआपसमा भेला भएर मानिन्छ पनि तर पुरै फुर्सदको समय झै दशैँ मनाउन नपाईने मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरीटेण्डन डाक्टर पिताम्बर ठाकुर बताउँछन् ।

डा ठाकुर भन्छन् दशैमा रमझममा रमाइ रहेका बेला कल आउने वित्तिकै कुदिहाल्नु पर्छ । दशैँ तिहार अग्रिम योजना चाँहि नहुने उनको भनाई छ । ‘हामी सबै मिलेर दशैँ तिहारलगायतका चाडपर्व मनाउँछौ तर यसरी मनाउने भन्ने चाँहि योजना हुर्दैन’ डाक्टर ठाकुरले भने—योजना बनाउने समयपनि हुर्दैन अनि योजना बनाएर दशैँ मनाउन समेत पाईर्दैन ।

अस्पतालको आकस्मिक कक्षमा खट्ने नर्सको भन्दा कम समस्या हुन्छ इन्डोरमा क्रियाशील नर्सहरुको । दशैँ तिहार मनाउने क्रममा उनीहरुको आलोपालो पद्दती हुन्छ । दशैँ तिहार भने पनि विदा चाँहि उनीहरुको हुर्दैन । विदा पाईहाले पनि एकदम कम हुने एक नर्सले बताईन् । झापा भद्रपुर ५ घर बताउँने ती नर्सले नाम नलेख्ने शर्तमा भनिन्— आफ्नो ड्युटी मिलाएकै भित्र बाँचेको समयमा दशै तिहारमा घर गएर मनाईन्छ, टाढा घर भएकाहरुले त कल्पना समेत नगरे हुन्छ घर गएर खुलेरै दशैँ तिहार मनाउने ।

टाढा घर हुने र २४ घण्टे ड्युटमिा रहनेका लागि दशैँ तिहार मनाउँने कुरा भनेको आकासको फल आँखा तरि मर भने सरह झै हो उनले थपिन् । उनका अनुसार अस्पतालमा ८ घण्टा ड्युटी गर्नुपर्छ त्यहि घण्टेबाट विदा मिलाउन सक्नुपर्छ । उनी भन्छिन् कतिजना दशैँ मनाउन थोरै विदा मिलाएर घर जाने र दशैँ मा घर जानेले तिहारमा विदा नपाउने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *