झापाको झिलझिलेमा सांगीतिक साँझ हुने
Published:
by .दूधे । वडा दशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा झापाको झिलझिलेमा सांगीतिक कार्यक्रम हुने भएको छ । विगत वर्षलाई निरन्तरता दिदै शिवसताक्षी युथ क्लबको आयोजनामा सांगीतिक साँझ हुन लागेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
कात्तिक १३ देखि २० गतेसम्म झिलझिले म्युजिकल ईभ लाईभ ईन कन्सर्ट हुने संयोजक सुरज रिङ्गालुङ राईले जानकारी दिए । कार्यक्रमको संयोजन स्थानिय सास ईन्टरटेन्टमेनले गर्ने आयोजक संस्थाले जनाएको छ ।
स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने सांगीतिक कार्यक्रमले सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीको पर्यटन पवद्र्धनका लागि प्रचार प्रसार गर्ने पनि बताइएको छ । कन्सर्टमा शिवसताक्षीको धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी गरिने समेत जानकारी गराइएको थियो ।
कन्सर्टबाट संकलित गरेको रकम बचाई क्रिकेट एकाडेमी स्थापना गर्ने शिवसताक्षी युथ क्लबका कार्यवहाक अध्यक्ष प्रदिप कडरियाले बताए ।
उद्घाटन साँझ नेपालका चर्चित माउण्ट एट्एिड फोट्एिटले गर्ने कार्यक्रम संयोजक सुरज रिङ्गालुङ राईले जानकारी दिए । उनका अनुसार भर्सटायाल्स सिंगर सोप्न सुमन, गायिका तृष्णा गुरुङ्ग, र्यापर भिटेन, टक पप रक व्याण्ड कपवेभ, आधुनिक÷पप गायिका अर्पणा श्रेष्ठ, चर्चित गायक सुगम पोख्रेल र हाँस्य कलाकार राजाराजेन्द्रको प्रस्तुति रहने छ ।
कुलतमा फसेका युवा युवतीहरुलाई लक्षित गरी प्रत्येक वर्ष झापाको झिलझिलेमा सांगीतिक कार्यक्रम हुँदै आएको छ । यस्ता कार्यक्रमबाट कुलतमा समय दिने युवा युवतीको ध्यान मोड्न सांगीतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सुरज रिङ्गालुङ राईले बताए ।
Comments