Sajhamanch Archive

बिर्तामोडमा सञ्चालित कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डी–डब्ल्यु वानलाई

Published: in खेलकुद, लाइभ, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोडमा आयोजित प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डी–डब्ल्यु वानले जितेको छ । सोमबार भएको फाइनल खेलमा मन्त्र थकालीलाई पराजित गर्दै डी–डब्ल्यु वानले उपाधि हात पारेको हो ।

निर्धारित ५ ओभरको सुपर सिक्स प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको मन्त्र थकालीले ४ विकेटको क्षतिमा ६१ रन बनाएको थियो । ६२ रनको लक्ष्य पाएको डी–डब्ल्यु वानले ४ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

डी–डब्ल्यु वानका विकास दासले ८ बलमा सर्वाधिक १८ रन बनाएका थिए । त्यस्तै पूर्व राष्ट्रिय खेलाडी सिद्धान्त लोहनीले ९ रन जोडेका थिए । मन्त्र थकालीका विकास राजवंशी र सोनु मण्डलले समान १ विकेट लिएका थिए । डी–डब्ल्युका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।

यसअघि ब्याटिङ गरेको मन्त्र थकालीले रामनारायण श्रेष्ठको २१ रन र पूर्व राष्ट्रिय खेलाडी मेहबुब आलमको १४ रनको मद्दतले ६१ रन बनाएको थियो । फाइनल खेलको म्यान अफ दि म्याच डी–डब्ल्युका विकास दास घोषित भए ।

आजै भएको पहिलो सेमीफाइनल खेलमा एमकेकेलाई मन्त्र थकालीले २३ रनले जितेर फाइनल पुगेको थियो । यस्तो दोस्रो सेमीफाइनलमा इकोम्याट्सलाई तीन विकेटले पराजित गर्दै डी–डब्ल्यु वान फाइनलमा पुगेको थियो ।

फाइनल खेलको बिजेता डी–डब्ल्यु वानले उपाधिसहित नगद १ लाख प्राप्त गरेको छ भने उपविजेता मन्त्र थकालीले ५० हजार रुपैंयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको बेस्ट ब्याट्सम्यान मनिष थापा, बेस्ट बलर हेमराज सिटौला, प्लेयर अफ दि टुर्नामेन्ट सोनु मण्डल, बेस्ट फिल्डर निशोर मण्डल, बेस्ट विकेट किपर मुकुन्द यादव भएका थिए । उनीहरुलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि भएको प्रतियोगितामा बिर्तामोडका कर्पाेरेट २१ वटा टिमको सहभागिता रहेको आयोजक समितिका सचिब बिसन लिम्बूले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *