Sajhamanch Archive

झापा नाटक घरलाई भट्टराईबाट ५०, चिमरियाबाट २५ हजार

Published: in लोकप्रिय, समाज, साहित्य by .

बिर्तामोड । युवा व्यवसायी निर्मल भट्टराईले झापा नाटक घरलाई आर्थिक सहयोग गरेका छन् । भट्टराईले आज आफ्नो जन्मदिनमा बहुजातीय सांस्कृतिक संग्राहालयसहितको निमार्णाधिन झापा नाटक घरलाई ५० हजार सहयोग गरेका हुन् ।

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष, अलैंची निर्यातकर्ता तथा नेपाल निर्यात व्यवसायी महासंघको केन्द्रीय सदस्यसमेत रहेका भट्टराइले हाम्रो संस्कृति तथा मौलिकता जागरणका लागि निमार्णाधिन नाटक घरलाई थोरै भए पनि सहयोग गरेको बताए ।

बिर्तामोड १ स्थित देवीपञ्चकन्या उत्तरपट्टि निमार्णाधिन नाटक घरमै पुगेर व्यवसायी भट्टराई तथा उनकी आमा मायादेवी भट्टराईले उक्त रकम क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितलाई हस्तानतरण गरेका हुन् ।

सहयोग ग्रहण पछि समूहका अध्यक्ष कल्पितले व्यवसायी भट्टराईलाई धन्यवादसहित जन्म दिनको शुभकामना ब्यक्त गरेका थिए ।

विभिन्न संघ–संस्थामा आवद्ध भट्टराईले आफ्नो तथा परिवारको जन्मदिन र विशेष अवसरहरुमा यसरी नै सामाजिक कार्य गर्दै आएका छन् ।

सोही अवसरमा नेपाल अलैंची व्यवसायी महासंघका महासचिव नारायणप्रसाद चिमरियाले पनि नगद २५ हजार सहयोग गरेका समूहका अध्यक्ष कल्पितले जानकारी दिए । चिमरिया पनि बिर्तामोडमा बसेर अलैंची लगायतका व्यवसाय गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *