Sajhamanch Archive

शिवसताक्षी नगरपालिका वडा नं. ४ को निर्णयः सरकारी कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना छोरा छोरीहरु सामुदायिक विद्यालयमा पढाउनु पर्ने

Published: (Updated: ) in विविधा, शिक्षा, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले सरकारी सेवामा आबद्ध कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना छोरा छोरीहरुलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने निर्णय गरेको छ ।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न आज बसेको वडाको बोर्ड बैठकले वडा नं. ४ का सरकारी सेवारत कर्मचारीहरुले आफ्ना छोराछोरीहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा अध्ययनका लागि पठाउने गरी निर्णय गरेको हो ।

वडा नं. ४ मा १ उच्च मावि, २ आधारभूत र२ प्राथमिक विद्यालय गरी पाँच विद्यालय रहेका छन् । सरकारी कर्मचारीहरुले आफ्ना छोरा छोरीहरुलाई संस्थागत विद्यालयमा पढाउनु  र आफुले पढाउनु सामुदायिक विद्यालयमा जागिर मात्र खाने प्रचलनलाई न्युनिकरण गर्न वडाले अनिवार्य आफ्ना सन्तानहरुलाई आफुले अध्यापन गराउने विद्यालय पढउनु पर्ने निर्णय गरेको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले जानकारी दिए । उनले यसले शिक्षाको गुणस्तरमा बृद्धि गर्न सहयोग गर्ने विश्वास लिएको बताए ।

वडा नं. ४ का विद्यालयहरुका विद्यालय व्यवस्थापन समिति र केही विद्यालयका प्रधानाध्यापकहरुसँग व्यापक छलफल गरी यो निष्कर्षमा पुगेको वडाध्यक्ष प्रसाईको भनाई छ। वडाका कार्यरत समुदायिक विद्यालयका शिक्षक, स्वास्थ्य सेवामा काम गर्ने कर्मचारी, निजामति कर्मचारी लगायत सबै सरकारी निकायबाट तलब भत्ता बुझ्ने परिवारले अनिवार्य समुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्नु पर्ने छ ।

त्यता वडा कार्यालयले शिक्षकहरुले अनिवार्य रुपमा सामुदायिक विद्यायलमा आफ्ना छोराछोरीहरुलाई अध्ययनका लागि पठाउनु पर्ने निर्णय गरेसँगै स्थानीय मञ्जुश्री आधारभूत विद्यालयले वडाको निर्णयलाई कार्यान्वयन गर्ने भन्दै विद्यालयले अब सबै शिक्षकले आफ्ना छोरा छोरीहरुलाई आफुले पठाउने विद्यायलमै पठाउने पर्ने निर्णय गरेको विद्यालयले जनाएको छ। वडाले गरेको निर्णय यही शैक्षिक सत्रदेखि लागु गरिने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *