शिवसताक्षीमा जारी फुटबल प्रतियोगिताः दुवै खेल ट्राइबेकरमा अन्डर फिफ्टीनमा वडा नं. ६ र भेट्रानमा वडा नं. ९ सेमीमा प्रवेश
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा जारी नगर स्तरीय अन्तर वडा खेलकुद प्रतियोगिताको विहीबार भएको खेलमा भेट्रान खेल तर्फ वडा नं. ९ सेमी फाइनल प्रवेश गरेको छ । वडा नं. ६ लाई ट्राइबेकरमा हराउँदै वडा नं. ९ सेमीमा प्रवेश गरेको हो ।
ट्राइबेकरमा ४– १ गोल अन्तरले ९ ले सेमी फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा खेलमा १/१ गोल भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । खेलको म्यान अफदी म्याच वडा नं. ९ का खेलाडी मोहन तामाङ्ग घोषित भए ।
त्यस्तै अन्डर फिफ्टीन खेलमा पनि ट्राइबेकरमा वडा नं. ६ सेमी फाइनलमा प्रवेश गरेको छ । वडा नं. ३ लाई ० – ३ गोल अन्तरले हराउँदै वडा नं. ६ सेमी फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुुवै टिमबाट १/१ गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो । खेलको म्यान अफ दी म्याच वडा नं. ६ का गोल किप्पर गौरभ प्रसाई घोषित भए ।
आजको खेल प्रदेश नं. १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए ।
भेट्रान प्रतियोगिताको विजेता टिमले ४१ हजार र उपविजेता टिमले २६ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै अन्डर १५ प्रतियोगिताका विजेता टिमले नगद २१ हजार र उपविजेता टिमले १५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता शिवसताक्षी १० स्थित केएनके खेलमैदानमा सञ्चालन भईरहेको छ ।
Comments