Sajhamanch Archive

शिवसताक्षीको शुक्रबारेमा पशु स्वास्थ्य शिविर, ७५० पशुको निशुल्क उपचार

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले एक दिवशीय बृहत पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिवसताक्षी न.पा. १ शुक्रबारेमा नगरपालिकाको पशुसेवा शाखाद्वारा आयोजाना गरिएको शिविरमा ७५० पशुलाई उपचार गरिएको छ ।

शिविरमा पशुको स्वाथ्य परीक्षण, पशु बन्ध्याकरण, गाई र भैसीलाई कृतिम गर्भाधान, पशुलाई खोप, प्रयोगशााला सेवा र निशुल्क औषधि वितरण गरिएको नगरपालिकाका पशु चिकित्सक राम अवतार यादवले जानकारी दिए ।

विहान ९ बजेदेखि सञ्चालन भएको उक्त शिविरमा नगरबासीहरुले उल्लेख्य रुपमा आफ्ना पशुहरुलाई निशुल्क उपचार गराएका थिए ।
शिविरमा गाई, भैसी, बाख्रा र अन्य पशु चौपायहरुलाई उपचार गरिएको शिवसाक्षी नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।

शिविरमा पशु सेवा शाखाको प्राविधिक रीता घिमिरे लगायत १० जनाको टोलीले सहजीकरण गरेको थियो भने, पशु चिकित्सक राम अवतार यादव र गणेश भट्टराईले सेवा दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *