Sajhamanch Archive

लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि इलाका प्रहरी कार्यालयलाई युवा संघको ध्यानाकर्षण

Published: in विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा लागु औषध दुव्र्यसनी विरुद्ध कडा कदम चाल्न नेपाल युवा संघ शिवसताक्षी ११ले इलाका प्रहरी कार्यालय झिलझिलेलाई ध्यानाकर्षण गराएको छ ।

शिवसताक्षीका दूधे आसपास शिवसताक्षी ११को जंगलसँग जोडिएको उत्तरी क्षेत्रमा लागु औषध दुव्यर्सनी बढेको गुनासो आएपछि न्यसको नियन्त्रण र न्यूनिकरणका लागि इलाका प्रहरी कार्यालय झिलझिलेलाई ध्यानाकर्षण पत्र बुझाएको नेपाल युवा संघ शिवसताक्षी ११ ले जनाएको छ ।

युवा संघका शिवसताक्षी ११ अध्यक्ष शिवराज राईको नेतृत्वको टोलीले आज इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज युवराज कट्वाललाई ध्यानाकर्षण बुझाएको युवा संघ अध्यक्ष राईले बताए । गाउँ घर र बजार आसपास क्षेत्रमा बेलुकी पख लागु औषध सेवा गर्ने युवा युवीहरु छन् भन्ने गुनासो आएकाले हामीले त्यसको न्यूनिकरणका लागि प्रहरीलाई ध्याकर्षण गराएको अध्यक्ष राईको भनाई छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेले त्यसका लागि निगरानी बढाउने बचन दिएको समेत राईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *