Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाका कृषकलाई टनेल वितरण गर्न सुरु

Published: (Updated: ) in विविधा, विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कृषकहरुका लागि टनेल वितरण गरेको छ ।

नगरका कृषकहरुलाई कृषि उब्जनीका लागि टनेलमा लगाउने फ्लाष्टिक वितरण गरेको हो । नगरपालिकाले मंगलबार वडा नं. ४ र ५ लाई उक्त टनेल हस्तान्तरण गरेको हो । वडाहरुबाट टनेल माग भएपछि नगरपालिकाले खरिद गरी वडालाई हस्तान्तरण गरेको शिवसताक्षी नगरपालिका कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाले बेमौसमी र बर्षा याममा सब्जी उत्पादन गर्न सहयोगका लागि टनेल वितरण गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । हामीले वडाहरुबाट माग भएर आए बमोजिम सम्वन्धित वडाले नै वितरण गर्ने गरी वडा कार्यालयलाई उक्त टनेल हस्तान्तरण गरेको नगरप्रमुख थोप्राले जानकारी दिए ।  टनेलको २० फुट चौडा र ४० फुट लम्बाई रहेको छ ।

टनेल शिवसताक्षी नगरपालिका वडा नं. ४ का अध्यक्ष विष्णु प्रसाई र वडा नं. ५ वडाध्यक्ष सिकिन पाश्वानलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई र लेखा प्रमुख प्रकाश योङहाङ्गले हस्तान्तरण गरेका हुन् ।

नगरपालिका साना कृषकलाई पनि समेट्ने गरी टनेल वितरण गरिएको नगर उपप्रमुख नरमाया कार्कीले बताइन् । उनले बाहिरबाट आएको भन्दा आफै अग्र्यानिक तरकारी उत्पादन गर्नका लागि कृषकलाई अनुदान स्वरुप धेरै भन्दा धरै कृषकलाई टनेल प्राथमिकतामा राखेर वितरण गर्न सुरु गरिएको जानकारी दिइन् ।

नगपालिकाले १९ लाख ९१ हजार ३४७ मुल्य बराबरको ४४२ थान टनेल ११ वटै वडामा वितरण गर्ने जनाएको छ ।

नगरका ११ वटै वडाले टनेल प्राप्त गर्ने कृषकको नाम छनोट गरी नगरपालिकामा पठाएको र त्यही बमोजिम टनेल खरिद गरी वितरण गर्न सुरु गरिएको कृषि शाखा प्रमुख भट्टराईले जानकारी दिए ।

नगरपालिकाले भोलि देखि क्रमश बाँकी वडाहरुमा टनेल हस्तान्तरण गर्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *