Sajhamanch Archive

प्रविधिमा फड्को मार्दै भानु मावि

Published: (Updated: ) in शिक्षा, समाज, by .

शिवसताक्षी । शिवसताक्षी नगर भित्रको ३४ ओटा सामुदायिक विद्यालय मध्ये भानु मावि लालझोडा छुट्टै पहिचान बोकेको विद्यालयको रुपमा चिनिएको छ ।

शिवसताक्षी ७ लालझोडामा रहेको भानु माध्यमिक विद्यालयल सामुदायिक विद्यालयको भीडमा भानु कम्प्युटर टेक्निकल विद्यालयको रुपमा चिनिएको हो ।

यस विद्यालयले कम्प्युटर इन्जिनियरिङका चार ब्याचका विद्यार्र्थी उत्पादन गरी सकेको प्रधानाध्यापक डाम कुमार कुवँरले जानकारी दिए । वि. सं. २०२४ सालमा स्थापना भएको उक्त विद्यालयमा २०७३ साल देखि कक्षा ९ वाट १२ कक्षा सम्मका विद्यार्थीलाई कम्प्युटर इन्जीनिरिङ विषय पठन पाठन गराउन सुरु गरिएको थियो ।

कक्षा ६ देखि नेपाली र अंग्रेजी माध्यमबाट पढाउँदै आएको भानुमा इन्जीनियरिङ, वेभ साइड डिजाईन, प्रोग्रामीङ, कम्प्युटर एण्ड एप्लीकेशन र इलोक्ट्रोनिक सिष्टम शिर्षकको विषय पढाई हुने गरेको प्रधानध्यापक कुवँरले बताए । विद्यालयमा विज्ञान तर्फ भौतिक शास्त्र र रसायनको पढाई हुने गरेको छ भने शिक्षा शास्त्रमा नेपाली, अंग्रेजी र ऐच्छिक गणित विषय भइरहेको छ ।

नेपाल सरकारले एक पालिका एक प्राविधिक धार उदेश्यले शिक्षा विभागबाट मान्यता प्राप्त भानु मावि कम्प्युटर टेक्निकल विद्यालय नगरपालिका भित्रै एउटै मात्र रहेको प्रधानाध्यापक कुवँरले बताए ।

विद्यार्थीहरुलाई इन्जीनिरीङ पढ्नका लागि टाढा जानु पर्ने बाध्यता गाउँमा रहेको विद्यालयमा कम्प्युटर इन्जीनिरीङ विषय पढाउन पाउँदा गौरव लागेको उनको भनाइ छ । अन्य विद्यालयभन्दा यस विद्यालयबाट नयाँपनको महसुस अभिभावक, शिवसताक्षीवासीले गर्नु आफै राम्रो पक्ष हो ।

शिवसताक्षी नगरपालिकाले भानु माविको प्राविधिक धारलाई केही अनुदान स्वरुप रकम दिदै आएको नगर शिक्षा प्रमुख छविलाल ढकालले जानकारी दिए । प्राविधिक धार पढाई हुने नगरको एक मात्र विद्यालय भएकाले उक्त विद्यालयले अपेक्षाकृत सफलता हात पारेको उनले बताए । नगरपालिकाबाट उक्त विद्यालयमा विपन्न तथा जहेन्दार विद्यार्थी छात्रबृत्ति, सिकाई आदान–प्रदान व्यवस्थापन, बालबालिकाहरुलाई लागि शैक्षिक सामाग्री प्रदान गर्ने गरिएको शिक्षा प्रमुख ढकालको भनाई छ ।

विद्यालय र विद्यालयको जिम्मेवारी वहन गरेको प्रधानाध्यापक लगायतले गरेको कायमको मूल्याङकन गरी शिवसताक्षी नगरपालिकाले छुट्टै बजेटमै प्रोत्साहन रकमको व्यवस्था गर्नुपर्ने प्रधानाध्यापक कुवँरको सुझाव छ । यो विद्यालय प्राविधिक धारको भएकोले अभिभावक र अन्यले बुझ्न नसकेको उनको भनाइ छ । कम्प्युटर इन्जीनियरीङ विषय पढेका विद्यार्थीहरुले रोजगारी पाएको, बुझेका अभिभावकहरुले बेरोजगारलाई रोजगारी दिने विषय भएको भन्दै तारिफ गर्ने गरेको प्रधानाध्यापक कुवँरले बताए ।

यहाँ ओभरसियर तह र नायव सुब्बा तहको पढाइ भइरहेको छ । कम्प्युटर इन्जीनियरीङ प्राविधिक विषय भएकोले कक्षा ९ देखि कक्षा ११ या १२ सम्म पढेका विद्यार्थीले अहिलेको कम्प्युटरको युग भएकोले स्वेदश तथा विदेशमा सरकारी या निजी कम्पनीमा काम गरी खाने, जागिर पाउने शिक्षा रहेको कम्प्युटर शिक्षक सञ्जिव चौधरीले बताए ।

यो शिक्षा आर्जन गरेको विद्यार्थीहरुले प्रमाण पत्र झोलामा बोकेर भौतारिनु नपर्ने र जतासुकै रोजगारीको अवसर सजिलै पाइने प्रधानाध्यापक डाम कुमारको भनाइ छ । इन्ट्रयाटिभ प्यानल मार्फत विद्यार्थीहरुलाई अध्ययन गराउने गरेको विद्यालयका कम्प्युटर शिक्षकहरुले बताएका छन ।

यस प्यानलाबाट अनलाइन कक्षा सञ्चालन, वेभ साइड निर्माण, स्कार्नर, कालोपाटीको रुपमा प्रयोग गर्न मिल्ने सो बोर्डमा रहेको मोवाइलबाट पढाउन मिल्ने किसिमको छ । यसमा इन्टरनेट मार्फत अध्यययन सामाग्री खोज्न मिल्ने लगायतका बहुउपयोगी बोर्ड रहेको कम्प्युटर शिक्षक चौधरीले जानकारी दिए ।

विद्यार्थीलाई कम्प्युटर इन्जिनियरिङ विषयको अध्ययन गराउदा सैद्धान्तिक विषयसँगै प्रयोगात्मक विषय पनि सहज रुपमा सिकाउने गरेको शिक्षक चौधरीको भनाई रहेको छ । सुरुमा त्यसको आधारभूत जानकारी दिन सैद्धान्तिक विषयमा जानकारी दिएर व्यवहारिक सिकाईलाई विशेष प्राथमिकता दिएर सबै विद्यार्थीलाई सिकाउने गरेको उनले बताए । विद्यालयमा छुटाछुटै इलोक्ट्रोनिक ल्याब, फिजीकस ल्याब (भौतिक शास्त्र) र क्यामेटिक (रसायन शास्त्र) को ल्याब रहेको छ । विद्यालयले कम्प्युटर टेक्निकल स्कूलको रुपमा आफूलाई अग्रपत्तिमा परिचित गराए पनि कक्षा कोठा, शुद्ध खानेपानी र छात्रा शौचालयको अभाव रहेको छ । विकासका पूर्वधार खेल मैदान मर्मत सम्भार, बिपन्न अभिभावकहरुबाट सहयोगको अपेक्षा गर्नुपर्ने जस्ता समस्या रहेको प्रधानध्यापक कुवँरले जानकारी दिए । यी समस्या सामधान गर्न तीन तहको सरकार र सहयोगी मनहरुको साथ सहयोग भए शिक्षाको गुणस्तर वृद्धिमा थप सहयोग पुग्ने भानु माविका शिक्षकहरु बताउँछन् ।

कक्षा ११ र १२ को प्रशासनिक कामका लागि विगतको जिल्ला शिक्षा कार्यालय अहिलेको जिल्ला समन्वय इकाई झापा धाउनु पर्ने स्थितिको अन्त्य गरी पालिकाबाट नै सेवा उपलब्ध गराउनु पर्ने कुवँरको सुझाव छ ।

सोही विद्यालयको कम्प्युटर इन्जीनियरिङ विषय अध्ययन गरी तीन महिने ओजेटी गरी रहेका विद्यार्थी मध्येको रुशन दाहालले प्रश्न पत्र, बील, वेवसाइड, सफ्टवेयर, ग्राफिक्स डिजाइन, अनलाइन हाडवेयर र कम्प्युटर मर्मत गर्न सक्ने भएको बताए । यसैगरी छात्रा दिपीसा राईले कोर्स सकिएपछि स्थानीय क्षेत्रमा अवसर पाइने प्रतिक्रिया दिइन। प्राविधिक धारको कम्प्युटर इन्जीनियरिङ अध्ययन गर्ने विद्यार्थीहरु कक्षा नौ मा ४८ जना , कक्षा १० मा ४८ जन , कक्षा ११ मा २० जना र कक्षा १२ मा २५ जना गरी जम्मा एक सय ४१ जना रहेका छन् ।

विगतका दिनमा ठूलो समस्याको रुपमा रहेको विद्यार्थी भाग्ने समस्या अहिले सामान्य भन्दा सामान्य रहेको प्रधानाध्यापक कुवँरको धारण रहेको छ । अहिले हरेक अभिभावकमा आयस्रोत बढेको, छात्रछात्रालाई आमा बुवा परिवारले पढाउनु पर्छ भन्ने भावनाको विकास भएकोले विद्यालय छोड्नेको संख्यमा थोरैमा झरेको उनको भनाइ रहेको छ । प्रत्येक शुक्रवार विद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलाप गराई रहेको विद्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *