सर्लाहीमा गाउँले र प्रहरीबीच झडप
Published: (Updated: )
by .जनकपुरधाम । भारतबाट तस्करी गरेर ल्याएको रासायनिक मल नियन्त्रणमा लिन खोज्दा सर्लाहीमा गाउँले र प्रहरीबीच झडप भएको छ ।
बिहीबार दिउँसो ३ बजेतिर सर्लाहीको धन्कौल गाउँपालिका–६ बैरिया टोलमा गाउँले र प्रहरीबीच झडप भएको हो ।
झडपमा दुईजना प्रहरी घाइते भएका छन्, स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँचसेल अश्रुग्यास प्रहार गरेको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारका अनुसार स्थानीय राजु सहनीको घरमा भारतबाट ठूलो मात्रामा रासायनिक मल ल्याएर राखेको सूचनाको आधारमा प्रहरी टोली पुगेको थियो । मल नियन्त्रणमा लिन प्रयास गरेपछि स्थानीयले ढुंगा मुढासहिले आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
Comments