Sajhamanch Archive

रिब्दीकोट–१ मा तीन सन्तान जन्माउनेलाई पाँच हजार भत्ता

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on रिब्दीकोट–१ मा तीन सन्तान जन्माउनेलाई पाँच हजार भत्ता.

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहाले दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ। तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइनेछ। बच्चाको जन्म दर्तासँगै उनीहरूले नगद ५ हजार भत्ता पाउने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। यो कार्यक्रम आगामी आर्थिक वर्षको साउन महिनादेखि लागू हुनेछ। अहिले बढीमा दुई सन्तान […]

सुनको भाउ आज सामान्य घट्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको भाउ आज सामान्य घट्यो.

काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँ तोकिएको छ । हिजो एक लाख १० हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजोको जस्तै तोलामा एक हजार तीन सय […]

भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गयो.

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका-३ का १९ वर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो। भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई घर नजिकै रहेको मकैवारिमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेर रक्ताम्मे अवस्थामा मृत फेला परेकोले […]

फ्रान्समा दिवंगत किशोरकी हजुरआमाबाट दंगा अन्त्य गर्न अपील

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on फ्रान्समा दिवंगत किशोरकी हजुरआमाबाट दंगा अन्त्य गर्न अपील.

फ्रान्समा प्रहरीको गोली लागी मृत्यु भएका किशोर नाहेल एमकी हजुरआमा नादियाले देशमा केही दिनदेखि जारी हिंसात्मक प्रदर्शन रोक्न अपील गरेकी छन् । आफनो नातीको मृत्युपछि भड्किएको प्रदर्शन एक बहाना मात्र भएको भन्दै उनले आफनो नातीलाई ढाल बनाएर अराजकता नफैलाउन माग गरेकी हुन् । गत मंगलबार यता भएका प्रदर्शनमा सरकारी र निजी भौतिक सम्पतिमा ठूलो क्षति […]

पाँचथरमा बाढीपहिरोका कारण कृषि बालीमा साढे २ करोड बढीको क्षति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचथरमा बाढीपहिरोका कारण कृषि बालीमा साढे २ करोड बढीको क्षति.

पाँचथर । असार २ गते आएको अविरल वर्षा र बाढीका कारण पाँचथरमा २ करोड ५० लाख वढिको कृषि बालीमा क्षति भएको छ । जिल्लाको फिदिम नगरपालिका,याङवरक,हिलिहाङ र फालेलुङ गाउँपालिकामा कृषकले लगाएको धान, मकै, आलु, उखु, किवी, अम्रिसो, लोकता, अलैँची लगायतको कृषि बालीमा २ करोड ५८ लाख ३४ हजार ३ सय रुपैयाँको क्षति भएको कृषि ज्ञान […]

ललिता निवास प्रकरणमा मेरो कुनै भूमिका छैन : डा. भट्टराई

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ललिता निवास प्रकरणमा मेरो कुनै भूमिका छैन : डा. भट्टराई.

काठमाडौं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो कुनै स्वार्थ भूमिका नभएको बताएका छन् । प्रकरणमा आफ्नो प्रमकालमा मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै व्यक्तिले चिन्ता गरेको भन्दै उनले १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका र तीबारे प्रमले सबै सम्झनसक्ने कुरो नहुने जिकिर गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ […]

सुनको भाउ आज पाँच सय रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ आज पाँच सय रुपैयाँले बढ्यो.

काठमाण्डौ । सुन चाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार एक सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७० रुपैयाँमा […]

कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी.

कोशी प्रदेशमा मूख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेपछि बढेको अन्यौलसँगै प्रदेश प्रमुखले आइतबार नयाँ सरकार गठनका लागि आव्हान गरेका छन । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरू परामर्श गरे । प्रदेश प्रमुखले आइतबार बहुमत जुटाएर सरकार गठनका लागि दलहरुलाई आव्हान गर्ने तयारी गरर्ने बुझिएको छ । कोशीमा एमाले राप्रपा गठबन्धन र कांग्रेस, माओवादीलगायतको […]

मेवाको बियाँका फाइदै फाइदा

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on मेवाको बियाँका फाइदै फाइदा.

धेरैले रुचाउने फलफूलमध्ये एक हो मेवा। यो खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्राय: मेवा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। त्यही मेवाको बियाँको फाइदाबारे चर्चा गरौँ। १. एन्टिअक्सिडेन्टको स्रोत मेवाको बियाँमा पोलिफेनोल, फ्लेभोनोइड्स, एल्कालोइड्स, ट्यानिन्स र सेपोनिन्स जस्ता एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। […]

कतारमा गौरीगञ्जका राजवंशीको निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कतारमा गौरीगञ्जका राजवंशीको निधन.

विर्तामोड। वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापाका एक व्यक्तिको निधन भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं. ६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको निधन भएको हो । हिजो विहान अचानक रिङ्गटा लागेर लडेका राजवंशीको अल्पायुमा निधन भएको गौरीगञ्जका पत्रकार आत्माराम राजवंशीले बताएका छन् । मृतकका श्रीमती र २ छोरी रहेका छन् ।