Sajhamanch Archive

पाँच वडाध्यक्षले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाए

Published: in विविधा, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा वडाध्यक्षहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । आगामी आ.व.का लागि शिलिङ बजेट कटौति गरेको भन्दै पाँच वडाध्यक्षहरुले नगरपालिकामा ध्यानकर्षण पत्र बुझाएका हुन् ।

आगामी आर्थिक वर्ष २०८०÷०८१मा वडा सिलिङ बजेट ६० लाख मात्र विनियोजन गर्ने विषय आफुहरुलाई चित्त नबुझेकाले त्यसो नगर्न ध्याकर्षण पत्र बुझाएको वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए ।

चालु आ.व.मा नगरपालिकाले वडाका लागि प्रति वडा ७५ लाख बजेट विनियोजन गरेको थियो ।

ध्यानाकर्षण पत्र बुझाउने वडाध्यक्षहरुमा वडा नम्बर ३ का वडा अध्यक्ष भाष्कर न्यौपाने, वडा नम्बर ६ का मनोज खुलाल, ७ का भवानी चेम्जोङ, ८ का सन्तकुमार फेउदिन र वडा नम्बर ९ का डिल्ली फेम्बु रहेका छन् । उनीहरुले नगरपलिकाले ४८ घण्टा भित्र बैठक राखेर छलफल गर्नु पर्ने माग गरेका छन् ।

नगरपालिमा बुझाइएको पत्रमा संघीय तथा प्रदेश सरकारबाट स्थानीय सरकारको खर्चको आवश्यकता, पूर्वाधार निर्माणको अवस्था, राजश्व संकलनको क्षमता लगायतका आधारमा प्राप्तहुने वित्तिय समानीकरण अनुदान तथा आन्तरीक आयको न्यायोचित तथा विवेकपूर्ण बाँडफाट हुनुपर्ने कुरामा जोड दिइएको छ ।

यता पत्र बुझ्दै नगर प्रमुख मेगाहाङ्ग थोप्राले आगामी आ.व.मा विनियोजन गर्ने बजेट संघीय सरकारबाट कटौती भएर आएकाले तुलानात्मक रुपमा केही रकम घटेको जानकारी दिए ।

चालु आ.व.मा माथिबाट आउने अन्तिम बजेट रकम आधा मात्र आएको छ । उनले भने, वडामा शिलिङका रुपमा पठाएको बजेटबाट गरिएको कामहरुको भुक्तानी रोकेका छैनौ ।
बजेट निर्माणका लागि कार्यपालिकाको बैठक बस्ने र त्यही छलफल गर्ने नगर प्रमुख थोप्राको भनाई थियो ।

नगरपालिकामा ११ वटा रहेका छन् । पाँच जना वडाध्यक्षले मात्रै नगरपालिकामा पत्र बुझाएका हुन् । ध्याकर्षण पत्र बुझाउँदा नगरप्रमुखको कार्यकक्षमा उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *