कनकाई नगरपालिका ५ मा आगलागी, एक जना घाइते
Published: (Updated: )
by .शिवसताक्षी । कनकाई नगरपालिकामा वडा नं. ५ मा गएराति आगलागी भएको छ ।
वडा नं. ५ निवासी रविलाल बालकोटीको घरमा गएराति २ बजे आगलागी हुादा गाइकोठ, घरको किचन समेत डडेर नष्ट भएको छ । आगलागीबाट ७ ओटा बाख्रा, ४० मन धान, ७ मन चामल, घरमा राखिएको काठपात जलेर नष्ट भएको बताइएको छ ।
आगलागीहुँदा सामान निकाल्ने क्रममा रविलाल घाइते भएका छन् । उनको पछाडी पट्टिको भाग डढेको छ । हाल उनको विर्तासिटी अस्पताल विर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । शिवसताक्षी नगरपालिकाको दमकल र विर्तामोड नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको शिवसाक्षी नगरपालिकाका दमक चालक हरिकृष्ण घिमिरेले जानकारी दिए ।
Comments