Sajhamanch Archive

संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा by .

काठमाडौं। उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्‍न कम्‍याम्सका नेविसंघ आवद्ध विद्यार्थीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोविन्द कोइराला, सजन तामाङ, जेनिस काफ्ले, राजन रोकाया, गगन राज गजुरेल, सुदिप शाह, मन्दिप शाह, उत्सव सुवेदी, मौसम न्यौपाने, रबिन तिवारी, गणेश सार्की, रबिन कार्कीलगायत छन् । पक्राउ परेका उनीहरुलाई वानेश्वर प्रहरी वृतमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *