Sajhamanch Archive

युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने रुसी राष्ट्रपति – पुटिन

Published: in विश्व समाचार by .

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने घोषणा गरेका छन् । लामो समयपछि टेलिभिजनमा देखिनु भएका राष्ट्रपति पुटिनले रुसविरुद्ध प्रत्याक्रमणमा उत्रिएको युक्रेनी सेनाले ठूलो क्षति ब्यहोरेको दाबी गर्दै अझै धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने बताए।

पछिल्ला दिनमा युक्रेनका १ सय ६० वटा ट्यांक र ३ सय ६० वटा युद्ध सामग्रीसहितका साधन ध्वस्त भएको भन्दै पुटिनले युक्रेनी प्रत्याक्रमणबाट रुसका ५४ वटा साधन नष्ट भएको जिकीर गरे। सिमावर्ती क्षेत्रमा युक्रेन समर्थित लडाकुहरुले गरेको आक्रमणप्रति संकेत गर्दै उहाँले जिस्क्याउन खोज्नेहरुलाई ठेगान लगाइने बताउनुभयो । युक्रेन विरुद्ध अहिलेको अवस्थामा सेना थप्नु पर्ने जरुरी नदेखिएको भन्दै पुटिनले थप उपब्धिका लागि अघि बढ्नु परे मात्रै सेना थपिने बताए । पुटिनले युक्रेन विरुद्धको युद्धमा अहिलेसम्म रुसले आंशिक सेना परिचालन मात्रै गरेको जिकीरसमेत गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *