Sajhamanch Archive

शिवसताक्षी ६ मा सार्वजनिक सुनुवाई, सहभागीहरुको मिश्रित प्रतिकृया

Published: (Updated: ) in स्थानीय तह by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले सार्वनिक सुनुवाई गरेको छ । चालु आ.व.को वडाबाट गरिएका कामको प्रगति र सेवा ग्राहीका प्रश्नको जवाफ दिदै सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी २७८ मध्यने ४३ जनाले विभिन्न विधि अपनाएर गुनासो तथा सुझाव राखेका थिए । सहभागी मध्ये २६ ले उठेर, १३ ले गुनासो तथा सुझाव टिपाएर र ४ जनाले खामबन्दी गुनासो तथा सुझाव राखेका थिए ।

सार्वजनिक सुनुवाईमा नगर केन्द्रित गुनासोको जवाफ नगर उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत अमृतवहादुर राई, जवाफ दिए ।

वडा केन्द्रित गुनासाको वडा अध्यक्ष मनोज खुलाल कार्की र गोमा रिजालले सहभागीलाई जवाफ दिएका थिए । सडक पुर्वाधार, कृषी, शिक्षा, पशु, स्वास्थ्य, सामाजिक, योजना, शान्ति सुरक्षा, महिला तथा बालबालिका लगायतका विषयमा सहभागीहरुले प्रश्न गरेका थिए ।

शिक्षाका विषयमा उठेका गुनासाको शिक्षा अधिकारी छवि ढकाल र शिवगञ्ज बहुमुखी क्याम्पस संचालन समितिका अध्यक्ष मिलनकुमार ढुँगानाले जवाफ दिएका थिए । शान्ति सुरक्षाका विषयमा इलाका प्रहरी कार्यालय शिवगञ्जका ललित झाले सेवाग्राहीलाई जवाफ दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *