Sajhamanch Archive

झापामा पशुपक्षी मुद्दाका फरार एक प्रतिवादी पक्राउ

Published: in विविधा, समाज by .

विर्तामाड । पशुपक्षी सम्बन्धी कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका ३ का ३२ वर्षीय पशुपति भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा जिल्ला अदालतको २०७८ साल पुस २२ गतेको फैसला अनुसार पशुपक्षी सम्बन्धी कसुर मुद्दामा फरार रहेका भट्टराईलाई ६ महिना कैद तथा सजाय तोकिएको थियो । सोही दिनदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरी फैसला कार्यान्वयनका झापा कारागार चलान गरिसकेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *