Sajhamanch Archive

लक्ष्मीनारायणमा कविता लेखन तथा बाचन कार्यक्रम सम्पन्न

Published: in विविधा by .

शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा कविता लेखन तथा वाचन कला सम्बन्धि एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ ।

शिवसताक्षी नगरपालिका वडा –१धरमपुर स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूमा रहेको साहित्यप्रतिको झुकाव र अन्तरनिहित क्षमता विकासका लागि कविता लेखन तथा वाचन कला सम्बन्धि कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष दिलिप घिमिरेले बताए ।

शिवसताक्षी–१वडा कार्यालयको आर्थिक संयोजनमा आयोजित कार्यक्रममा अहिलेको आधुनिक समयमा किताबी ज्ञानले मात्रै विद्यार्थीहरूलाई नपुग्ने भएकाले अतिरिक्त क्रियाकलाप अन्तरगत साहित्य लेखन, नैतिक शिक्षाको ज्ञान, सामाजिक परिवेश र सामाजिक भावनाको विकास ,भाषा ,कला,गीत संगीत र संस्कृति संरक्षणका लागि विद्यार्थीहरूलाई जागृति गराउन यस्ता कार्यक्रम आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले बताए ।

कार्यक्रम यस वडाको एक मात्र सामुदायिक विद्यालय लक्ष्मीनारायण माविका कक्षा–७ देखि कक्षा–१०सम्मका साहित्य लेखनमा अभिरुचि राख्ने २५ जना विद्यार्थीहरूलाई कविता लेखन तथा वाचन कला सम्बन्धि एक दिवसीय कार्यक्रमको सहजीकरण दिलिप घिमिरे,तेजेन्द घिमिरे र टंक न्यौपानेले गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले आफूले सृजना गरेका कविता वाचन गरेका थिए।विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।

विद्यालयका प्रअ खगेन्द्र लम्जेलले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रतिष्ठानका आजीवन सदस्य तथा शिक्षक, घनश्याम पोखरेल,अकलबहादुर भुजेल ,कुमार खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

भाषा,साहित्य कला र संस्कृतिको संरक्षण सम्बर्द्धनमा २०४९ मा दर्ता भइ स्थापना भएको नवरङ साहित्य प्रतिष्ठान र २०६३मा दर्ता भइ स्थापना भएको धर्नासो साहित्य प्रतिष्ठान धरमपुरका यी दुबै संस्थाको अस्तित्व रहने गरि नवरङको (नव)अनि धर्नासोको (नासो) जोडेर २०७२मा नवनासो साहित्य प्रतिष्ठानको स्थापना भएको हो ।

शिवसताक्षी नगरपालिकाकै सबैभन्दा पुरानो दर्तावाल साहित्यिक हो यो।करिब सात लाखौंको अक्षयकोषबाट दुइवटा पुरस्कारको वितरण, पुस्तकालय सञ्चालन र अन्य नियमित कार्यक्रमहरु गर्दै आइरहेको प्रतिष्ठानका सचिव तेजेन्द्र घिमिरेले जानकारी दिए।

प्रतिष्ठानका अध्यक्ष दिलिप घिमिरेको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष निहाङ किरातीले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव तेजेन्द्र घिमिरे र सह(सचिव कुमार शंकरले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *