Sajhamanch Archive

संस्कारका विद्यार्थीद्वारा प्लाष्टिकको झोला रोक सम्बन्धि जनचेतना मुलक कार्यक्रम

Published: in विविधा by .

शिवसताक्षी । संस्कार अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्लाष्टिकको प्रयोगमा रोक सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्।

शिवसताक्षी–८झिलझिलेमा अवस्थित यस विद्यालयले छोटो समयमै शैक्षिक ,सामाजिक ,संस्कृतिक तथा वातावरण सम्बन्धि चेतनामूलक विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

नगरवासीलाई समयमै वातावरण संरक्षणमा सचेत गराउन झिलझिले र धरमपुर बजारमा प्लास्टिकको प्रयोग बन्द गरौं ,वातावरणको संरक्षण गरौं भन्ने नारा र प्लेकार्ड सहित बजार परिक्रमा गरेका छन् ।बजारको ठाउँठाउँमा कार्यक्रम गरि प्लास्टिक जन्य सामानबाट मानव तथा अन्य प्राणीहरुलाई समेत हानी पुर्याइ रहेको विद्यार्थीहरूले मन्तव्यको क्रममा बताए ।उनीहरू आफैंले बनाएका करिब १सय वटा कागजका झोला समेत वितरण गरेका थिए।

प्लास्टिकको प्रयोगले खानेकुरामा टक्सिनको मात्रा बढ्छ।क्यान्सर ,दम जस्ता रोगहरु लाग्ने साथै मानव अनि जीवजन्तुहरुलाई प्रत्यक्ष असर पुर्‍याउने ,वातावरण प्रदुषण गर्ने हुनाले यसबाट बच्न सचेत गराएका छन् ।

विद्यार्थीहरूमा समाजप्रतिको उत्तरदायित्व बोध गराउन साथै मानव स्वास्थ्यसँग जोडिएका सरसफाइ ,वृक्षारोपण जस्ता सामाजिक कार्यहरु अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यार्थीहरूले गर्ने गरेको र विद्यार्थीहरूको यस्तो कर्मले समुदाय स्तरमा पनि वातावरण संरक्षणको ज्ञान पुर्‍याउन सहज भएको स्कुलका प्रिन्सिपल आशिष बस्नेतले बताए ।

संस्कार स्कुलका साना विद्यार्थीहरूकको यो प्रशंसनीय कार्यबाट हामीले पनि केही सिक्ने हो किरुवातावरण सम्पूर्ण प्राणीका लागि घर हो ।तर मानवले मात्रै वातावरणको बढी प्रयोग गरेर प्रदुषण गरिरहेको छ।यी विद्यार्थीहरूले उठाएको विषयमा मनन गर्नुपर्ने देखिन्छ।जनस्तरबाट पनि वातावरण संरक्षणमा जुट्नु उत्तिकै आवश्यक छ।फोहोर मैला व्यवस्थापन ,प्लास्टिकको प्रयोगमा रोक,वृक्षारोपण र संरक्षण ,प्राकृतिक स्रोत साधनको समुचित प्रयोग ,वातावरण प्रदुषण सम्बन्धि जनचेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गर्नुपर्ने देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *