Sajhamanch Archive

जानकीमा कर्णालीका पंखा, म्याट र कार्पेट

Published: in लोकप्रिय, शिक्षा, समाज, सहकारी, स्थानीय तह by .

कचनकवल । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापा र आरएमडिसी लघुवित्त वित्तीय संस्था काठमाडौंको साझेदारीमा विद्यालय सहयोग कार्यक्रम जारी रहेको छ ।

सोही क्रममा आइतबार झापाको कचनकबल गाउँपालिका वडा नं. ५ पाठामारीमा रहेको जानकी आधारभूत विद्यालयमा पुगेर सहयोग हस्तान्तरण गरिएको छ । संस्थाका सञ्चालक समिति सदस्य गणेश पराजुलीले दिएको जानकारी अनुसार सो विद्यालयलाई २० वटा सिलिङ पंखा प्रदान गरिएको हो । यस्तै बालशिक्षा सञ्चालन हुने कोठामा ओछ्याउनको लागि म्याट र कार्पेट पनि हस्तान्तरण गरिएको छ ।

सोही कार्यक्रममा बुद्ध आधारभूत विद्यालय पाठामारीमा अध्ययनरत कर्णाली साकोसको बनियानी सेवा केन्द्रका शेयर सदस्यहरुका छोराछोरीहरु अभिनास राजवंशी र मनिका मर्डीलाई छात्रवृतीस्वरुप जनही ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

सो कार्यक्रममा मन्तब्य राख्दै कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधानले आफ्नो संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सामुदायिक विद्यालयहरुमा सहयोग गरेको अवगत गराए । उनले पछिल्लो समय बैंक, सहकारी तथा लघुवित्त माथि विभिन्न लान्छना लगाउने तत्वहरुबाट जोगिन आग्रह पनि गरेका छन् ।

‘हामी हाम्रा कुनै सदस्यको आर्थिक अवस्था बिगार्न आएका होइनौं बरु बनाउन हो’ अध्यक्ष श्रेष्ठले भने, ‘वित्तीय संस्थाहरुबाट ऋण लिएर त्यसको सही सदुपयोग नगर्दा मान्छे बिग्रिन्छ, तिर्न नसके पछि भाग्छ । तपाइँहरुले लिएको कर्जा कमाउने ठाउँमा लगानी गर्नुभयो भने कहिल्यै पछाडि फर्केर हेर्न पर्दैन ।’

उद्योगपति बिनोद चौधरीको उदाहरण दिँदै अध्यक्ष श्रेष्ठले उनले पनि ऋण लिएर कारोबार सञ्चालन गर्दै आज विश्वमा नै धनीको सूचिमा परेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *