Sajhamanch Archive

वैदेशिक रोजगारीमा जाने झापाली पहिलो नम्बरमा

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

भद्रपुर । झापा जिल्ला वैदेशिक रोजगारीको खोजीमा जाने देश कै पहिलो नम्बरमा रहेको पाइएको छ । वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रमको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षको पछिल्ला तीन महिनाको विवरण अनुसार झापाबाट रोजगारीका लागि विदेश यात्रा गर्नेको संख्या फागुनमा २ हजार ७३५, चैत्रमा २ हजार ८२३ र बैशाखमा २ हजार ३१५ जना झापाली वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा गएको देखिन्छ । जुन देशकै सबैभन्दा बढी संख्या पनि हो ।

झापाबाट रोजगारीका लागि प्रमुख गन्तव्य खाडी मुलुक देखिएको छ । युरोप अमेरिका तथा अष्ट्रेलिया जाने कामदारको संख्या पनि बढ्दै गइरहेको पाइए पनि ठगिने क्रम सोही रफ्तारमा रहेको देखिन्छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका भद्रपुर संयोजक फणिन्द्रप्रसाद दाहालका अनुसार कार्यक्रमले सूचनामा पहुँच, न्यायमा पहुँच, सीप तालिममा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सेवा मार्फत वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सवलीकरण गर्दै आइरहेको छ ।

संयोजक दाहालका अनुसार चालु आर्थिक वर्षमा २९ जना व्यक्तिलाई तालिम मार्फत सीपमा पहुँच प्रदान गरी वैदेशिक रोजगारमा जाने दक्ष कामदार बनाइएको छ । ठगीमा परेका ११० जनामध्ये ३४ जना कामदारलाई न्यायमा पहुँच पुर्याउँदा १६ लाख ९५ हजार रकम क्षतिपूर्ति भराइएको छ ।

राज्य पक्षले वैदेशिक रोजगारीलाई अपनत्व ग्रहण गर्न नसक्दा ठगी गर्नेहरू दिनदिनै बढ्दो रूपमा सक्रिय हुँदा सेवाग्राही मारमा परेका छन् । देश कै उच्च वैदेशिक रोजगार उत्पादक झापामा श्रम शक्तिको उचित व्यवस्थापन हुन नसक्दा काम खोज्दै विदेशिनेको संख्या बढिरहेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *